Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अमेरिकाद्वारा अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण


प्रशासन संवाददाता

२ बैशाख २०७४, शनिबार


काबुल(एजेन्सी) । अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ ।

बमहरुको आमा मानिने एमओएबी बम इस्लामिक स्टेट लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारीहरुले बताएका छन् ।

यस्तो प्रकारको बम प्रहार भएको यो अहिलेसम्मकै पहिलो भएको उनीहरुको भनाई छ । उक्त बमको शक्ति ११ टन टीएनटी बराबर भएको बताइएको छ ।

इराकसँग युद्ध भएका बेला बनाइएको शक्तिशाली बम तीन महिनामा तयार भएको थियो ।

छोटो समयमा बम बनाइएपछि १३ दिनको अवधिमा तीन पटकसम्म यसको सफल परीक्षण गरिएको थियो । एयर फोर्सका अनुसार पछिल्लो समय यसको परीक्षण २००३ मा भएको थियो ।

पाकिस्तानको सीमा क्षेत्रमा पर्ने नानगारहार प्रान्तको आचिन जिल्लामा झन्डै नौ मिटर लामो उक्त बम खसालिएको छ ।

सुरुङ भित्र रहेका आईएस लडाकूहरुलाई लक्षित गरी अमेरिकी विमानमार्फत् आक्रमण भएको बताइएको छ ।

आचिन जिल्लाका गभर्नर स्माइल शिनवारीले आक्रमणमा परी कम्तीमा पनि ३६ जना आईएस लडाकु मारिएको रक्षा मन्त्रालयले जनाएको बताए ।

उनले आक्रमण भएको मोमान्ड डारा क्षेत्रमा निक्कै उचाईसम्म आगोको लप्का देखिएको बताए । गभर्नर स्माइलले घटनाको पूर्ण बिबरण भने आइनसकेको जानकारी दिए ।

घटनास्थल अफगानिस्तानको निकै दुर्गम र पहाडी क्षेत्र भएकाले कुनै सर्वसाधारण नरहेको अमेरिकी पक्षको दाबी र विश्वास रहेको छ ।

आईएस लडाकुहरुले निर्बाध रुपमा हिँडडुल गर्न प्रयोग गर्ने र त्यहाँ लुकेर अमेरिकी तथा अफगान फौजलाई आक्रमण गर्ने सुरुङ र गुफाहरुमा रहेका लडाकूहरुलाई निशाना बनाएर आक्रमण गरिएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले बताए ।

प्रतिक्रिया दिनुहोस