सरकारद्वारा संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारद्वारा संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता


प्रशासन संवाददाता

२९ चैत्र २०७३, मंगलबार


काठमाडौँ। सरकारले संविधानको नयाँ संशोधन विधेयक मंगलवार व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो ।

विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । दर्ता गरिएको विधेयकमा सिमाना फेरफेर गर्ने प्रस्ताव राखिएको छैन । रासस

Tags :
प्रतिक्रिया दिनुहोस