Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दश महाविहारका शाक्यहरुलाई पञ्चदान


२९ चैत्र २०७३, मंगलबार


काठमाडौँ । अशोक चैत्य महाविहार, असनका ध्रुवरत्न शाक्यको परिवारबाट चैत्र शुक्ल पूर्णिमा (ल्हुति पुन्ही) का अवसरमा मंगलवार शाक्य महाविहार सङ्घलाई पञ्चदान प्रदान भयो ।

सङ्घमा आबद्ध शान्तिघट बज्रधातु चैत्य महाविहार (श्रीघबहाः), रत्नमण्डल महाविहार (नघः बहाः), अशोक चैत्य महाविहार (असंबहाः), महाबुद्ध महाविहार (महाबुद्ध बहाः), धर्मचक्र महाविहार (तःधंबहाः), मञ्जुश्रीनक महाविहार (बिकमाबहाः), धर्माकर महाविहार (स्वःबहा), कीर्तिपुण्य भुवनसुन्दर महाविहार (यताबहाः), कीर्तिपुण्य महाविहार (कोहिटीबहाः) र रत्नाकर महाविहार (क्वंसाबहाः) का थकालीसहित पाँच÷पाँच सदस्यलाई पञ्चदान प्रदान गरिएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. नरेशमान बज्राचार्यको प्रमुख आतिथ्यतामा दान प्रदान र सङ्घ भोजनको पुण्य कार्य सम्पन्न गरिएको हो ।

आजको दिन भगवान् बुद्धले आन्ध्रप्रदेशको धान्यकटक पर्वतमा नामसङ्गीतिको देशना गरेको बौद्धहरु विश्वास गर्छन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा मंगलवार नामसङ्गीतिको पाठसहित पूजा र प्रवचनहरु भइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस