Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आगलागीबाट ५० घर नष्ट


२९ चैत्र २०७३, मंगलबार


लहान । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित बस्तीमा गएराति भएको भीषण आगलागीमा ५० घर जलेर नष्ट भएका छन् ।

स्थानीयवासी हरिनारायण मण्डल (खत्वे)को परालको थुप्राबाट आगो सल्केर सोमबार साँझ ५ बजेदेखि सुरु भएको आगलागी वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र प्रहरीको अथक प्रयासबाट राति ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट स्थानीय ३५ परिवारका घर जलेर नष्ट भएको इप्रका, महेशबारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिए ।

आगलागीमा परी चार गोरु, आठ बाख्रा तथा स्थानीयवासीको घरमा भएका गरगहना, फर्निचर, खाद्यान्न, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा करिब डेढ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीलगत्तै लहान, सिरहा र राजविराज नगरपालिकाका वारुणयन्त्रलाई खबर गरिए पनि वारुणयन्त्र ढिलो गरी आएकाले आगलागीबाट ठूलो धनजनको क्षति भएको स्थानीयवासी रामानन्द यादवले गुनासो गरे ।

यसैगरी सिरहाको कल्याणपुर नगरपालिका–७ स्थित धु्रवतारा बोर्डिङ स्कुलमा गए राति १२ बजेतिर भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागीबाट स्कुलको भवन तथा फर्निचरसमेत जलेर नष्ट भएको प्रहरी चौकी, भेडियाले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस