Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लुम्बिनी अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु


२६ चैत्र २०७३, शनिबार


रुपन्देही । विश्व स्वास्थ्य दिवसका अवसरमा लुम्बिनी अञ्चल अस्पताल बुटवलले मानसिक स्वास्थ्य सेवा थप गरेको छ ।

स्तरवृद्धिसँगै विभिन्न सेवा विस्तार गर्दै आएको अस्पतालमा शुक्रबारदेखि मानसिक स्वास्थ्य सेवाको औपचारिक रुपमा उद्घाटन गरिएको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालले मानसिक रोग उपचारको छुट्टै एकाइ निर्माण गरेर काम सुरु गरिएको बताए ।

लुम्बिनी अञ्चल अस्पताल विकास समितिको पहलमा सो सेवा सुरु भएको हो । सरकारी अस्पतालमा सो सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीलाई राहत हुने अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले बताए । लुम्बिनी अञ्चल अस्पताल विकास समितिले दुई विषेशज्ञ चिकित्सकसहित काम सुरु गरेको छ । दैनिक एक हजार दुई सय बिरामी अस्पतालमा आउने गर्छन् । रासस,

Tags :
प्रतिक्रिया दिनुहोस