१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको स्थानीय तह निर्वाचन निर्देशिका

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभरका सबै स्थानीय तहमा प्रचारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ ।

स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको निर्देशिकामा पार्टी सङ्गठनलाई सुदृढ तुल्याउन विभिन्न तहका कार्यकर्तालाई परिचालन गर्नेबारेमा उल्लेख गरिएको छ ।

सर्वसाधारण जनता र राप्रपाबीचको सम्बन्धलाई बढी निकट र आत्मीय तुल्याउनका लागि सो निर्देशिका प्रकाशन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त निर्देशिकाले पार्टीको एजेण्डाप्रति आम जनतामा सकारात्मक भावना बढाउन सहयोग पुर्याउने छ ।

त्यसैगरी, मुलुकको वर्तमान अवस्थाबारे आम जनतालाई जागरुक बनाउने विषयमा निर्देशन गरिएको निर्देशिकाअनुरुप आगामी स्थानीय चुनावको तयारी देशव्यापी रुपमा सञ्चालन गरिनेछ ।

पार्टीद्वारा निर्वाचनलाई लक्ष्य गरेर हालै सञ्चालन भइरहेको ‘जनताको माझमा राप्रपा’ विशेष कार्यक्रममार्फत जनताको घरघरमा पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शलाई पुर्याइने कार्यक्रम छ ।

घरदैलो कार्यक्रममा सबै वडा, गाउँ, नगरभित्रका घरमा पार्टीका कार्यकर्ता पुग्ने छन् । वडा एकाई समितिका सदस्य, भ्रातृ सङ्गठनका सदस्य रहनेगरी वडाको भौगोलिक अवस्था हेरेर एक वा सोभन्दा बढी टोली बनाउन सकिनेछ । पार्टीको बुद्धिजीवी परिषद्ले प्राध्यापक, शिक्षक, पत्रकार, वकिल, चिकित्सक, उद्योगी, व्यापारीलगायतसँग देशको वर्तमान परिस्थिति, विभिन्न समस्या तथा चुनौतीका बारेमा छलफल गरिने युवा नेतृ सरस्वती केसी अधिकारीले बताइन् ।

महिला जागरण कार्यक्रमअन्तर्गत पार्टी निकट महिला सङ्गठनले महिला अधिकारबारे देशैभर छलफल गराउनेछ । विद्यार्थी सङ्गठनले युवा, विद्यार्थी उत्सवका रुपमा हाजिरी जवाफ, खेलकुद, सांस्कृतिक कार्यक्रम गरिनेछ ।

पार्टीको केन्द्रीय समितिले यो कार्यक्रम सञ्चालन गर्न गराउन आवश्यक सहयोग तथा समन्वय गर्ने नेता किरण गिरीले जानकारी दिए। पार्टीको सन्देश नामक पर्चा तथा प्रसार सामग्री केन्द्रले पठाउने तथा अन्य प्रचार सामग्री जिल्लाले आफैँ तयार गर्नुपर्नेछ ।

यी कार्यक्रम सफल पार्न केन्द्रदेखि गाउँसम्मका कार्यकर्ताको मूल्याङ्कन अभिलेख राखिनेछ । केन्द्रले पठाएको मूल्याङ्कन फारम भरी गाउँ÷नगर, क्षेत्र र जिल्ला कार्यसमितिले वैशाखभित्र पठाइ सक्नुपर्ने व्यवस्था गरिएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको छनोट सम्बन्धित तह र सम्बन्धित जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ । यही चैत २५ गतेभित्र उम्मेदवार छनौट गर्नुपर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस