Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुसहर बस्ती निर्माणमा रकम अभाव नहुने


२२ चैत्र २०७३, मंगलबार


बर्दिवास । महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न गर्न अब रकम अभावको स्थिति अन्त्य भएको छ ।

पछिल्लो पटक सोमबार अमेरिकाको मिनेसोटामा रहेका नेपालीको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले बस्ती निर्माणार्थ दुई करोड १० लाख सहयोग गरेपछि आर्थिक अभावको स्थिति अन्त्य भएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको हो ।

यसअघि बस्ती हस्तान्तरणसम्म पुग्दा करिब एक करोड २५ हजार रकम अपुग हुने बताउँदै आउनुभएको फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले अब आर्थिक पाटोबाट ढुक्क भएको जानकारी दिए । “अब हामीलाई आर्थिक अभाव हुँदैन” धुर्मुसले भने, “सात समुन्द्र पारी बसेर पनि नेपाल र नेपालीप्रति स्नेह राख्ने मनकारी नेपालीको सहयोगले एकीकृत नमुना मुसहर बस्ती निर्माणमा रहेको अभाव मेटिदियो ।”

बस्ती हस्तान्तरण गर्न ११ दिनमात्र बाँकी रहँदा सोमबार फाउन्डेसनलाई एसोसिएसन अफ नेपालिज इन मिनेसोटाका प्रतिनिधिद्वय अनिल रायमाझी र स्वीटी सिंह श्रेष्ठले रु दुई करोड १० लाख रकमको चेक परियोजनास्थलमै पुगेर हस्तान्तरण गरेका थिए ।

सहयोग रकम हस्तान्तरण गरेसँगै एसोसिएसनका प्रतिनिधि रायमाझीले अमेरिकामै रहँदा बस्ती निर्माणमा रकम अपुग भएको समाचार सुनेपछि यो मानवीय कार्यमा आफ्नो सानो हिस्सा लगाउन रकम सहयोग गर्न आएको बताए ।

एसोसिएसनले आफूले गरेको सहयोगभित्रबाटै गोर्खाको कसुण्डे गाउँका भूकम्प प्रभावितको घरमा छाना लगाउन एक हजार ९०० थान जस्तापाता समेत व्यवस्थापन गरिदिन धुर्मुससुन्तली फाउन्डेसनसँग अनुरोध गरेको छ ।

गत पुस २५ गते चार करोड ३८ लाखको लागतमा मुसहरका ५० घर निर्माण थालिएको बस्तीमा पछि भ्यू–टावर र मुसहरबाहेकका तीन परिवारलाई व्यवस्थापन गर्न थप घर बनाउन पर्दा लागतसमेत बढेको फाउन्डेसनले जनाएको छ ।

अहिले निर्माण कार्य ९५ प्रतिशत सकिएर हस्तान्तरण चरणका अन्तिम काम भइरहेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए । बस्ती अब ठीक १० दिनपछि नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने छ ।

यसैबीच सोमबारै धुर्मुससुन्तली फाउन्डेसनलाई अमेरिकामा बस्दै आएका बर्दिवासका सुमन चालिसे र तारा पौडेलले पठाएको ५० हजार १५१ उनीहरुका परिवारजनले धुर्मुसलाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी बर्दिवासको स्वास्थ्य सरोकार मञ्चले पनि सोमबारै फाउन्डेसनलाई ५३ हजार नगद हस्तान्तरण गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस