४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रत्ननगरमा बालश्रमिकको प्रयोग बढी

अ+ अ-

चितवन । चितवनको रत्ननगर क्षेत्रमा अझै ४२९ जना बालश्रमिक भेटिएका छन् ।

सन् २०१७ भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा यस्तो पाइएको रत्ननगर उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए।

जसका कारण नगरलाई सन् २०१७ भित्र बालश्रममुक्त र सन् २०१९ भित्र बालमैत्री नगर बनाउन चुनौती देखिएको छ ।

बाल संरक्षण र बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको रत्ननगर उद्योग वाणिज्य सङ्घले केही महिनादेखि यहाँ सर्वे गरेको हो । रत्ननगरमा यसअघि ५८४ जना श्रमिक बालबालिका थिए । यहाँ श्रम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिएकाले हाल १५६ जना मात्रै बालश्रमिक घटेको पाइएको छ ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका सल्लाहाकार कपिलदेव सुवेदीका अनुसार कुल श्रमिक बालबालिकामध्ये ५६ दशमलव ६ प्रतिशतअर्थात् २३० जना बालबालिका चितवन स्थायी घर भएका छन् भने १० प्रतिशतअर्थात् ४३ जना रत्ननगर नै स्थायी घर भएका छन् । अरु मकवानपुर, धादिङ, गोरखा र भारतमा श्रमिक भेटिएका छन् ।

तीमध्य सबैभन्दा धेरै घरायसी श्रममा बालबालिका पाइएको तथ्याङ्कमा उल्लेख छ । उनीहरुले मासिक एक हजारदेखि १० हजारसम्म तलब खाने गरेको अध्ययनले देखाएको छ । एक घन्टादेखि १४ घन्टासम्म उनीहरुले श्रम गर्न बाध्य छन् ।

रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले बालश्रमिक राख्नु गैरकानुनी रहेको उल्लेख गर्दै समुन्नत समाज निर्माणका लागि सबैको हातेमालो जरुरी रहेको बताए ।

कानुनअनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई निकृष्ट काममा लगाउन पाइँदैन ।

सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले सार्वजनिक गरिएको तथ्याङ्कले बालबालिकको क्षेत्रमा भावी कार्ययोजना बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस