Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने


प्रशासन संवाददाता

२२ चैत्र २०७३, मंगलबार


काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको सोमवार बसेको बैठकले पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शङ्शाक कोइरालालगायत शिर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

समितिका संयोजक एवम् पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलको अध्यक्षतामा बसेको बैठकले प्रदेश नं ७ को कैलालीमा यही चैत्र २७ गते, प्रदेश नं ५ को दाङको तुलसीपुरमा चैत्र २८ र रुपन्देहीमा चैत्र २९ गते, प्रदेश नं ४ को कास्की, पोखरामा चैत्र ३० गते, प्रदेश नं २ को धनुषा, जनकपुरमा चैत्र ३१ गते र प्रदेश नं १ को झापामा आगामी वैशाख २ गते आमसभा गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश नं ३ र प्रदेश नं ६ को आमसभाको स्थान र मितिपछि तय गर्ने मुख्यसचिव पौडेलले बताए । सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्यहरुले प्रदेशमा हुने आमसभामा समन्वय र सहयोग गर्ने जिम्मेवारी तोकिएको छ । समितिका कामलाई प्रभावकारी रुपमा अघि बढाउन समितिअन्तर्गत समन्वय उपसमिति पनि गठन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

समितिअन्तर्गत आर्थिक स्रोत परिचालन समन्वय उपसमिति, प्रचार–प्रसार समन्वय उपसमिति, सुरक्षा समन्वय उपसमिति, मतदाता शिक्षा तथा सचेतना समन्वय उपसमिति, निर्वाचन अनुगमन समन्वय उपसमिति, निर्वाचन आयोग समन्वय उपसमिति गठन गरिएको छ ।

समितिले मंगलबार पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसदहरु र शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीसँग पार्टीको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै पूर्वराजदूत, पूर्वप्रशासक र पूर्वसुरक्षा अधिकारीसँग चैत्र २३ गते छलफल गर्ने कार्यक्रम तय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस