Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्थानीय तहको निर्वाचन नभए सङ्घीयता गुम्छः नेता कोइराला


२२ चैत्र २०७३, मंगलबार


पर्सा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभए मुलुक गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएका छन् ।

उनले वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न नभए अन्य निर्वाचनको सम्भावना क्षीण हुँदै उपलब्धिको रुपमा प्राप्त भएका सङ्घीयता लगायतका अधिकारसमेत गुम्ने खतरा रहेको प्रष्ट पारे ।

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. २ को वार्षिक क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सोमवार वीरगन्जमा सम्बोधन गर्दै नेता कोइरालाले उग्र पहाडवाद र उग्र मधेसवादकै कारण राष्ट्रको अखण्डता सङ्कटमा परेको आरोप लगाए ।

उनले दुवै उग्रवादका कारण मधेसी र पहाडी समुदायबीच द्वन्द्व बढाएको र बढ्दै गएको द्वन्द्वले मुलुकलाई विखण्डनतर्फ धकेलेको बताए ।

उनले तराईमा जनसङ्ख्या र हिमाल, पहाडमा भूगोलका आधारमा प्रतिनिधित्व कायम गर्नुपर्ने विचार व्यक्त गरे । लोकतन्त्रमा जनसङ्ख्या महत्वपूर्ण भएको बताउँदै नेता कोइरालाले जनसङ्ख्यालाई बेवास्ता गरे मुलुकमा द्वन्द्व बढ्दै जाने र अन्त्यमा विखण्डन हुने विश्वका विभिन्न देशबाट पाठ सिक्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले तराईमा चुनाव लागिसकेको बताउँदै उनले चुनावको विरोध गर्ने मधेसी दल सङ्गठन विस्तारसँगै उम्मेदवार छनोटमा लागेको दाबी गरे । उनले संविधान संशोधन नभए स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताउँदै हिँडेका मधेसवादी दल अहिले गाउँगाउँमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बनाउँदै हिँडेको टिप्पणी गरे ।

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सांसद सुरेन्द्र चौधरी, सांसद राजेन्द्रबहादुर आमात्य, पार्टीका जिल्ला सभापति अजयकुमार द्विवेदी, जिल्ला सचिव किशोरी साह कानु, कोषाध्यक्ष इम्तयाज आलम, जिविस पर्साका पूर्वसभापति जनार्दनसिंह क्षेत्रीलगायतका वक्ताले मधेसीको समस्या मधेसवादी दलले नै समाधान गर्न नचाहेको आरोप लगाएका थिए ।

वक्ताले मधेस मुद्दा समाधान भइरहेका बेला मोर्चाका नेता नयाँ कुरा निकाली सहमतिलाई विमतिमा बदल्दै आएका कारण मधेसी जनताको माग पूरा हुन नसकेको दाबी गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस