मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छः उपप्रधानमन्त्री थापा « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छः उपप्रधानमन्त्री थापा


२१ चैत्र २०७३, सोमबार


पर्वत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताएका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा सोमबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मुलुक चुनावमय भइसकेकाले अब कतै रोकिन्छ कि, वा पछि सर्छ कि भनेर आशङ्का लिनुपर्ने ठाउँ नभएको उल्लेख गरे । उनले सात वटै प्रदेशमा वैशाख ३१ गते एकै चरणमा चुनाव हुने बताए ।

मधेसवादीसँग समेत सहमतिको प्रयास अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनाव राप्रपाको पहिलादेखिकै एजेन्डा भएको र स्थानीय तहको चुनाव गर्नकै लागि आफू सरकारमा आएको बताउँदै कतै चुनाव हुँदैन कि भनेर विचलित नहुन आग्रह गरे ।

आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्नुपर्ने संविधानलेनै व्यवस्था गरेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनावपछि अन्य दुईवटा चुनाव गर्नका लागि पनि मार्ग प्रसस्त हुने बताए ।

उनले चुनावमा उम्मेदवार चयन गर्नुभन्दा अघि प्रत्येक नेपालीको घर घरमा पुग्न र जनताको माझमा राप्रपा भन्ने अभियानलाई सार्थकता दिन पनि कार्यकर्तालाई निर्देशन दिए ।

मन्त्री थापाले सङ्घीयताको कार्यान्वयनसँगै मुलुकमा ७४४ स्थानीय तहबाट जनताले सेवा सुविधा लिन थालेको बताउँदै स्थानीय चुनावपछि सरकारको प्रत्यक्ष अनुभूत गर्ने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस