प्रधानमन्त्री छेङ्दुमा « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

प्रधानमन्त्री छेङ्दुमा


१५ चैत्र २०७३, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सोमबार छेङ्दु आइपुगेका छन् ।

चिनियाँ राष्ट्रपति सि चीनफिङसँग सोमबार अपराह्न भएको भेटवार्तापछि प्रधानमन्त्री दाहाल पश्चिम चीनको गेट वेका रुपमा रहेको छेङ्दु आइपुगेका हुन् ।

प्रधानमन्त्री दाहाल छेङ्दुबाट मङ्गलबार ल्हासा आइपुग्नेछन् । ल्हासामा चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख तथा उच्च सरकारी अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग उनको भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए ।

ल्हासाबाट प्रधानमन्त्री दाहाल बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस