दास बनायो फेसबुकले « प्रशासन

दास बनायो फेसबुकले


प्रकाशित मिति : १४ चैत्र २०७३, सोमबार १२:०८

मार्क जुकर्बर्गले यो फेसबुक भन्ने जिनिस के र कुन उद्देस्यले बनाएका हुन् त्यो ठयाक्कै भन्न त उनले मात्र सक्लान तर जे बनाए उनको त्यो उत्पादनले आजको दिनमा सबैलाई दास बनाएको छ।

पुराना परिचित हरुसंग भेट हुने र आफ्नो स्मरण गर्न योग्य फोटो र सन्देसहरु साट्न सकिने यो एक किसिमको प्लेटफर्म नै बनेको छ, जो सकारात्मक कुरा हो। बेला बेलामा फेसबुक प्रोफाइलबाट अरुको तस्बिर अनधिकृत रुपमा झिकेर नक्कली प्रोफाइल बनाउने, त्यो प्रोफाइलको प्रयोग गरेर विभिन्न किसिमको अपराध गर्ने जस्ता बिकृति हरु नदेखिएका पनि होइनन तर समग्रमा यसलाई नराम्रो भन्न मिल्दैन।

म आफु पनि फेसबुकमा सक्रिय रुपमा संलग्न भएको कारणले यो क्षेत्रमा अरुले गर्ने तर मैले बुझ्न नसकेको कुराहरु याँहा उल्लेख गर्ने जमर्को गरेको छु, कुनै महानुभाबहरुलाई यो बारेमा जानकारी भए र मलाई त्यो जानकारी दिने कष्ट गर्नुभए आभारी हुने थिए।

मैले बुझ्न नसकेको पहिलो कुरा, सडक दुर्घटना भएको, रगतपच्छे र हेर्दै डरलाग्दो भयाबह तस्बिरहरु पोष्ट गर्ने किन होला ? एकपटक हेर्दा पुरा दिन नै खराब हुने त्यस्ता तस्बिरहरु अपलोड गरेर के फाइदा हुन्छ ? दोश्रो, चिने नचिनेका मरेका मान्छे हरुको फोटो अपलोड गरेर त्यसको तल आरआइपी लेख्नुहोला भनेर भन्नेहरुको मनसाय पनि मैले बुझ्न सकेको छैन। कालगतिले वा अकालमा मरेका व्यक्तिहरुलाई पर्ने शोक त आफ्नो ठाउँमा छदैछ तर चिन्नु न जान्नु को मान्छेले आरआइपी लेखेर के हुन्छ ?

तेश्रो, कुनै भगवान वा मन्दिरको फोटो अपलोड गर्ने अनी त्यसको तल पाँच मिनेटभित्र लाइक र सेयर गर्नुस तपाईंको रोकिएको काम पुरा हुनेछ, रोकिएको धन प्राप्त हुनेछ, सुन्दरी श्रीमती पाउनुहुन्छ जस्ता हावादारी र बकम्फुसे कुरा लेख्ने, एउटा फोटो सेयर गरेको भरमा मनमा लागेको कुरा पुग्ने भए, धन प्राप्त हुने भए वा सुन्दरी श्रीमती प्राप्त हुने भए मान्छेहरु यत्रो दौडधुप किन गर्थे र किन गर्नु पर्थ्यो ?

चौथो, एकथरिको काम समाजमा प्रख्यात वा कुख्यात व्यक्तिहरुसँग खिचेको फोटो अपलोड गरेर आफुलाई बिशेष व्यक्ति प्रमाणित गर्न खोज्नेहरु छन्, यसको लागी त्यो मान्छेको परिचितसँग अनुरोध गरेर फोटो मात्र खिच्नको लागी मारीहत्ते गरिरहेका हुन्छन, अझ कसैकसैले त् फोटोसपबाट मिलाएर पनि अपलोड गरेको देखेको छु।

यी माथि उल्लेखित भन्दा पनि संवेदनशील यो सामाजिक संजाललार्इ कसै कसैले जानेर वा नजानेर बैबाहिक सम्बन्ध गास्ने पोर्टल (मेट्रिमोनियल पोर्टल) को रुपमा लिएको देखेको छु, जो बिल्कुलै गलत छ।

हामीले बिर्सनु नहुने कुरा के भने कुनै केटाले वा केटीले साथी बन्न खोज्यो भने त्यो मात्र साथि बन्न खोजेको हो, बिबाह गर्न होइन। यदि तपाईंको कुनै लेखोट कसैले लाइक गर्यो भने त्यो बिषयबस्तुलाई मन पराएको हो तपाईंलाइ होइन ।

प्रतिक्रिया दिनुहोस