१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोग भन्छ–दलहरुवीच सहमति, सहकार्य र विश्वास हुन नसक्नु दुःखद

k|d'v lgjf{rg cfo'Qm 8f ofbj–kqsf/ ;Dd]ng k|d'v lgjf{rg cfo'Qm 8f cof]wLk|;fb ofbj cfOtaf/ cfufdL j}zfv #! ut] ;DkGg x'g] :yfgLo tx lgjf{rgsf nflu u/]sf Joj:yfksLo tof/Lsf af/]df kqsf/ ;Dd]ng u/L hfgsf/L u/fpg'x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;; k|d'v lgjf{rg cfo'Qm 8f ofbj–kqsf/ ;Dd]ng k|d'v lgjf{rg cfo'Qm 8f cof]wLk|;fb ofbj cfOtaf/ cfufdL j}zfv #! ut] ;DkGg x'g] :yfgLo tx lgjf{rgsf nflu u/]sf Joj:yfksLo tof/Lsf af/]df kqsf/ ;Dd]ng u/L hfgsf/L u/fpg'x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन व्यवस्थापन कार्यलाई सहज, सरल र सुगम बनाउन आपसी सद्भाव कायम गरी निर्वाचनको अभियानमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

आयोगद्वारा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिन आइतवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको ऐतिहासिक अभिभारा पूरा गर्न आयोग द्रूतगतिमा अघि बढिरहेको जानकारी दिए । उनले भने, “राजनीतिकदलबीच अपेक्षित सहमति, सहकार्य र विश्वास अझैसम्म कायम हुन नसक्दा निर्वाचन आयोगलाई गम्भिर बनाएको छ ।”

संवैधानिक व्यवस्थाअनुरुप आगामी वैशाख ३१ गते ७४४ स्थानीय तहको निर्वाचनको सन्दर्भमा आयोगले मतदाताको घरदैलोमा पुग्ने अभियान सञ्चालन सुरु गरिसकेको जनाउँदै उनले संविधानले प्रदान गरेको अधिकारलाई प्राप्त गर्ने यो निर्वाचन एकमात्र वैधानिक बाटो भएको बताए ।

स्थानीय निर्वाचनले लोकतन्त्रको जगलाई बलियो बनाउने जनाउँदै आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । प्रमुख आयुक्त डा यादवले भने, “अब जिल्लास्तर हुँदै आयोग स्थानीय तहसम्म पुग्न अगाडि बढिसकेको छ, तोकिएको समयमा नै निर्वाचन गराउन आयोग दृढ सङ्कल्पित छ ।”

देशभरका सबै सञ्चार माध्यमका लगानीकर्ता र सञ्चारकर्मीलाई निर्वाचन आचारसंहिताको पालन गर्न र उल्लङ्घन गर्नेप्रति खवरदारी गर्न आह्वान गर्दै आयोगले सार्वभौम मतदाताको अधिकारमाथि कोही कसैबाट धावा बोल्न सक्ने कार्यप्रति चनाखो भएर पहरेदारीको भूमिका खेल्न अनुरोध गरेको छ ।

निर्वाचनको संवेदनशीलतालाई मनन गरेर अझ बढी संवेदनशील भई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गरी निर्वाचनको अभियानलाई सफल बनाउन अपील गर्दै आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन कहीँकसैबाट पनि हुने छैन भन्ने अपेक्षा गरेको छ ।

निर्वाचन आयोग एक्लैले निर्वाचन सम्पन्न गराउन नसक्ने भएकाले निर्वाचनलाई सफल बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, आमसञ्चारकर्मी, बुद्धिजीवी, निजामती प्रशासन, सुरक्षा निकाय, संवैधानिक अङ्ग, आम मतदातालगायत सबैको साथ सहयोग र विश्वास आवश्यक भएको जनाउँदै आयोगले यो ऐतिहासिक निर्वाचन प्रक्रियालाई सफल बनाउने अभियानमा लाग्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

स्थानीय तहका लागि ३६ हजार ६३९ पदमा निर्वाचन गराउने तयारी अघि बढेको जनाउँदै आयोगले यस निर्वाचनबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका र २४६ नगरपालिकाका लागि २६३ जना प्रमुख र उपप्रमुख गरी ७२६ जना निर्वाचित हुने जनाएको छ ।

यसैगरी, ४८१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९६२ तथा छ हजार ६८० वडाबाट त्यतिकै सङ्ख्यामा वडाअध्यक्ष र २६ हजार ७२० वडा सदस्य निर्वाचित हुनेछन् । यो निर्वाचनबाट १३ हजार ३६० जना महिला निर्वाचित हुनका साथै छ हजार ६८० दलित महिलाको प्रतिनिधित्व हुनेछ । दलित तथा अल्पसङ्ख्यक गरी एक हजार ७५१ प्रतिनिधिसमेत निर्वाचित हुने छन् ।

आयोगले निर्वाचनमा ६७ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन गर्नेछ । मतपत्र छपाइका लागि आवश्यक पर्ने सेतो कागज जनक शिक्षा सामग्री केन्द्रमा उपलब्ध भइसकेको र नेपाली सेनाले सुरक्षा व्यवस्था मिलाएको आयोगले जनाएको छ । आजैदेखि मतपत्र छपाइ सुरू गर्ने गरी तयारी प्रक्रियालाई अगाडि बढाइएको प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो ।

निर्वाचनका लागि करिब एक करोड ४० लाख मतदाताको सङ्ख्या हुने आयोगले अनुमान गरेको छ । जनचाहनाअनुरुप नयाँ किसिमको मतदाता परिचयपत्र आयोगमै छापिइरहेको जनाएको छ ।

मतदाता नामावली ऐन, २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य छ । यो परिचयपत्रमा भायड प्याण्टोग्राफ, माइक्रो टेक्स्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्यूआर कोडसमेत राखिएको जनाइएको छ ।

मतदाता शिक्षा, कानुनी पूर्वाधार, सुरक्षा व्यवस्था, मतपेटिकाको व्यवस्थापन तथा निर्वाचन पर्यवेक्षणको कामलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको जनाउदै आयोगले मतदान केन्द्रको सङ्ख्या करिब २१ हजार पुग्ने अनुमान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस