निर्वाचन अवधिभर तालिम, गोष्ठीलगायतका कार्यक्रम नगर्न मुख्य सचिवको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्वाचन अवधिभर तालिम, गोष्ठीलगायतका कार्यक्रम नगर्न मुख्य सचिवको निर्देशन


१ चैत्र २०७३, मंगलबार


काठमाडौं । मुख्य सचिव सोमलाल सुवेदीले स्थानीय निर्वाचन अवधिभर कुनै पनि प्रकारका गोष्ठी, तालिम नगर्न सबै मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आगामी निर्वाचनमा ठूलो संख्यामा कर्मचारी परिचालन गर्नुपर्ने भन्दै मुख्य सचिव सुवेदीले निर्वाचन अवधिभर त्यस्ता कार्यक्रम नराख्न निर्देशन दिएका हुन् ।

उनले निर्वाचनका समयमा कर्मचारी अभाव हुने स्थिति आउन दिन नहुने पनि बताएका छन् ।

सोमवार बसेको सचिवहरुको बैठकले स्थानीय तहमा स्वीकृत दरबन्दी बमोजिमको कर्मचारी खटाउँदा संभव भएसम्म सम्वन्धित सेवा समूहका कर्मचारी खटाउन पनि निर्देशन दिएको छ । र, स्वीकृत कर्मचारी दरबन्दीले नपुग भएमा सम्वन्धित सेवा समूहबाटै कर्मचारी खटाउन र अन्तिम अवस्थामा मात्र अन्य सेवाको कर्मचारी खटाउन निर्देशन दिएको छ ।

बैठकले आगामी वर्षको बजेट बनाउँदा यस आर्थिक वर्षको पुँजीगत अनुदानमा सतप्रतिशत बृद्धि गर्नेगरी स्थानीय तहलाई अनुदान उपलब्ध गराउन निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस