Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विभिन्न घटनामा एक विदेशीसहित १६ को मृत्यु


प्रशासन संवाददाता

२९ फाल्गुन २०७३, आइतबार


बस दुर्घटना

काठमाडौँ । बितेका २४ घण्टामा देशका विभिन्न १४ स्थानमा भएका आगलागी, आपराधिक घटना, सवारी दुर्घटना र भवितव्यमा एक जना इजरायली नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।

काभ्रेको पनौतीमा कुटपिट, बाजुरामा छोराको बञ्चरो प्रहारजस्ता जघन्य अपराध, रौतहट, धनुषा र नवलपरासीमा सवारी दुर्घटना, कपिलवस्तुमा आगलागी, कैलालीमा पर्खालले पुरेर, भक्तपुरमा इनारमा डुबेर तथा कास्कीमा हृदयाघातबाट एक जना इजरायली नागरिकको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका पनौती नगरपालिका–२ स्थित ढलेश्वर क्रसर उद्योगमा काम गर्ने सोही नगरपालिका गोकुले–४ का २६ वर्षीय सोमबहादुर घलानको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आज मृत्यु भएको हो । त्यसैगरी, बाजुरा गुदुखाटी–४ बस्ने ६० वर्षीय नाथ चदारालाई उनकै छोरा २३ वर्षीय लोकेश चदाराले आज बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका–१ स्थित वीरेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा ४० वर्षीय पैदलयात्री लालु मन्सुरी, धनुषाको मिथिला नगरपालिका–९ महेन्द्र राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही, भद्रपुर–४ का ३५ वर्षीय किसुनदेव राय, नवलपरासीको गैँडाकोट नगरपालिका–१० भेंडाबारी मुनाचोकको भित्री सडकमा मोटरसाइकल पल्टँदा सोही नगरपालिका–१३ बस्ने २२ वर्षीय पर्शुराम महतोले ज्यान गुमाएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ तिनतिरेस्थित दिलमाया रोक्काको गोठमा शनिबार आगलागी हुँदा गोठमा सुतिरहेका उनका छिमेकीको छोरा ११ वर्षीय विक्रम पुन र अर्घाखाँची, सिद्धारा–६ बस्ने १० वर्षीय सन्दिप कुमालको घटनास्थलमै मृत्यु भएको थियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–१३ दुवाकोट बस्ने ४६ वर्षीय राजेन्द्र खड्का सोही ठाउँस्थित इनारमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको, स्याङ्जाको अर्जुनचौपारी–६ तल्लो खाल्टे बस्ने ६० वर्षीय वीरबहादुर रोक्का सोही ठाउँको झाँक्री खोलामा मृत भेटिएका तथा स्याङ्जाकै तिनदोबाटे–४ आमबोट बजारस्थित स्वास्थ्य स्वयम्सेविका भवनको पेटीमा करिब ४५ वर्षका परिचय नखुलेका पुरुष मृत अवस्थामा भेटिएका छन् ।

मकवानपुरको आमभञ्ज्याङ–५ भालुखोलास्थित आरजीआई पोल्ट्री फर्ममा काम गर्ने मकवानपुर, गढी–८ बस्ने ४४ वर्षीय सुकराम पाख्रिन र मकवानपुर, हेटौँडा उपमहानगरपालिका–२९ नेवारपानी बस्ने २७ वर्षीय कुमार प्रजा तथा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल ड्रिम इनमा विगत चार महिनादेखि बस्दै आएका इजरायली नागरिक २० वर्षीय इलाड लुपर ओछ्यानमै मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

सल्यानको बागचौर नगरपालिका–६ का ५१ वर्षीय डम्बरबहादुर वली, बाग्लुङको बोबाङ–२ खहरेखोलाको भिरमा बोबाङ–३ की ४० वर्षीया डोरमाया पुनमगर, बनेपा नगरपालिका–१० स्थित एलोरेन बस बडी ग्यारेजमा काम गर्ने बारा कलैया नगरपालिका–१० का १८ वर्षीय जितेन्द्र दासलाई बाटोमा लडिरहेको अवस्थामा भेटिएपछि शिर मेमोरियल अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको तथा कैलालीको टीकापुर नगरपालिका–९ मा सेफ्टी ट्याङ्की निर्माण गर्ने पर्खाल भत्केर पुरिँदा मुनुवा–५ का ५० वर्षीय रामगुलाम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस