भाद्र २ गते, २०७६

दिवसमा पनि किन विभेद ?

समाजका हरेक तह र तप्कामा २१ औं शताब्दीको उत्तराद्र्धबाट गुज्रिरहेको वर्तमान आधुनिक विश्वमा लैङ्गिक समानता र समतामुलक समाजको व्याख्या र विश्लेषण भइरहेको देखिन्छ । यद्धपी विभिन्न वहानामा एक वर्गले अर्को वर्ग र एक लिङ्गले अर्को लिङ्गप्रति गरिने लैङ्गिक विभेद भने प्रत्यक्ष वा परोक्ष रुपमा विभिन्न रुपमा प्रतिविम्वित भइरहेको प्रष्ट देखिन्छ ।

हाम्रो मुलुकमा विश्वभरी अवलम्वन गरिने विभिन्न उत्सव र दिवसहरु केही अन्जानमा केही जानाजान बर्षौदेखि मनाइदै आइएको देखिन्छ । तर हरेक दिवसको सान्दर्भिकतलाई सबैको अधिकार सुनिश्चित हुने गरी मनाइएको कमै पाइन्छ । यतिवेला १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा यो लेख समय सान्दर्भिक हुनेछ भन्ने आशा गरिएको छ ।

सवाल हो जव महिला दिवस मनाइन्छ भने पुरुष दिवस किन नमनाउने ? भन्ने प्रश्नको । यो प्रश्न यहाँ उठाउँदा कतिपयलाइ सान्दर्भिक कतिपयलाइ असान्दर्भिक जे पनि लाग्न सक्छ । तर वास्तविकतामा भन्ने हो भने यो प्रश्न यहाँनेर उठ्नु स्वभाविक नै देखिन्छ, किनकी दिवसहरु हामी मानिसले नै मनाउन सुरु गरेका हाम्रा सामाजिक अभ्यासहरु मात्रै हुन् यिनीहरुको सुरुवात जहिले जहाँबाट पनि गर्न सकिन्छ खाली प्रक्रिया र विधि के हुने र कस्तो हुने भन्ने कुरा मात्रै फरक होला ।

प्रश्न उठ्न सक्छ महिला दिवस मनाउन कुनै वहाना चाहिए जस्तै पुरुष दिवस मनाउन पनि केही न केही वहाना पक्कै चाहिन्छ होला जसका लागि फेरि खोजीगर्नुपर्ने हुन्छकी इतिहासको कुनै कालखण्डमा पुरुषहरुमाथि गरिएका दमन, पीडा, आदि इत्यादिको सम्झनाको खोजी । किनकी हाम्रा सबै दिवसहरु मनाइनुका पछाडि दुःख पीडा वा क्रान्ति मुख्य कारकका रुपमा उठाइएको पाइन्छ । महिला दिवसकै सन्दर्भमा यो लेख लेख्ने जमर्को गर्नु कतिपय हिसावले असान्दर्भिक ठानिन्छ पनि होलाकी या महिला विरोधी लेख पो होकी भनेर । तर म सम्पूर्ण पाठकवर्गहरुमा हार्दिक अपिल गर्न चाहन्छु योे लेख नितान्त महिला र पुरुष वीचमा भेदभाव सृजना गर्ने नभई दुवैलाई सम्मानजनक र समानताका दृष्टिकोणबाट हेरिनुपर्दछ भन्ने विचार उठान गर्न खोजीएको लेखका रुपमा बुझ्नुहुने छ ।

यदि कुनै वर्ग पीडित भएको आधारमा मात्रै दिवसलाइ मनाइने प्रचलनका रुपमा लिने हो भने विश्वको हरेक कुनामा हेर्नुहोस् महिला र पुरुष दुवै पीडित भएको र नभएको मिश्रित अनुभव तथा उदाहरण सबैतिर विद्यमान छन् । जुन कुरामा जो कोही पनि सहमत हुन्छ होला । हो तुलनात्मक रुपमा, संख्याको रुपमा पुरुष भन्दा महिला वढी पीडित भएको उदाहरणहरु विशेषगरी पितृसतात्मक समाजमा पाइएलान् तर यसको मतलव पुरुष चाहिं एकजना पनि पीडित भएकै छैनन्, हुनै सक्दैन भन्ने विचार कुनै पक्षले वा व्यक्तिले उठाउन्छ भने त्यो सरोकारवालाको नाममा शतप्रतिसत झुट र भ्रमको खेती गर्ने नयाँ कला हो भन्नु वाहेक अरु कुनै तुक रहँदैन ।

के हाम्रो जस्तो तेस्रो मुलुक वा भनौ गरिवीको रेखामुनी रहेका मुलुकहरुमा दुःख र पीडा पनि महिला र पुरुष भनेर छुट्याएर आएको देखिन्छ र ? पक्कै पनि देखिदैन । एक पटक हामी सबैले हाम्रो गाउँघरको जीवनशैली र त्यहाँका सर्वसाधारण मानिसहरुको दिनचर्यालाई र उनिहरुको दैनिक गतिविधिलाइ सम्झिौं त? जहाँ महिला र पुरुष दुवैले सामान्य दैनिक जीवन चलाउन थाप्लोमा डोको बोेकेकै हुन्छन पसिना उत्तिकै रुपमा चुहाएकै हुन्छन् उनीहरुको संघर्षका पसिनामा कुनै भेदभाव छैन वरु त्यो संघर्षका पसिनाबाट निस्किने गन्ध एउटै खाले हुन्छ । जहाँ नत कुनै महिलाले आफुलाई पीडित भएको महसुस गरीरहेको हुन्छ नत कुनै पुरुषले पीडित भए भन्छ उनीहरु दुवै एक शरीर र एक आत्माको रुपमामा मात्र बाँच्ने कोसिस गरिरहेका हुन्छ अनी आफ्नो लालाबालाको जीवन वचाउने र उनीहरुलाइ हुर्काउने कार्यमा सरावरी संघर्ष गरिरहेका हुन्छन जहाँ उनीहरुले आफ्नो अधिकार र कर्तव्य मात्र जिविकोपार्जन र आफ्ना सन्तती हुर्काउनु ठानिरहेका हुन्छन् । एक छाक भोको वस्नुपरेपनि संगै बसिरहेका हुन्छन एक छान मीठो खाएपनि संगै खाइरहेका हुन्छन् ।एकपटक यो लेखकले नेपालकै कुनै विकट क्षेत्रमा ग्रामीण वस्तिमा मेलापात गर्न निस्केकी एकजना महिलालाइ उनले बोकीरहेका गहै डोकोको भारीमाथि एउटा बच्चा बोकीरहेको र पसिना चुहाउँदै उकालो बाटो हिडिरहेको देख्दा एउटा प्रश्न सोधेको थियो ? दिदी तपाइँलाई यति ठूलो भारीमाथि अझै बच्चा बोकिरहदा असजिलो महसुस भएको छैन ? उहाँले पसिनाले तलपत भएको अनुहारबाट पनि मुस्कानका तरङ्गहरु बर्षाउदै जवाफ दिनुभयो भाइ यो त मेरो मायाको कुटिरो हो कहाँ गाह्रौं हुनु मलाई त झन् आनन्द महसुस भइरहेको छ किनकी आफ्नो मायाको चिनो आफैसँग यो संघर्षशील यात्रामा पनि समीपमा छ यसकारण म खुसी छु अझै दुई घण्टाको बाटो हिड्नै बाँकी छ त भाइ तरपनि मलाइ रत्तिभर मेरो यो भारी बच्चाका कारणले गहै भएको महसुस भएको छैन । भारीमाथि राखिएको सन्तानको तौलले कुनै असर पारेको छैन बरु मलाइ बाटो काट्न सहज भइरहेको छ किनकी आफ्नो सन्तान यसरी सामीप्यमा हुनु जति खुसी एक आमाका लागि के हुनसक्छ ? म उहाँको जवाफ सुनेर धेरैबेर सोच्न बाध्य भए संसारमा यदि भेदभावरहित व्यवहार कसैबाट सम्भव छ भने त्यो निष्कपट आमा र बुबाबाट मात्र सम्भव छ । जसरीआमा र बुबाले आफ्ना सबै सन्तानलाइ समान व्यवहार गरिरहेका हुन्छन चाहे आफ्नो सन्तान छोरा होस या छोरी अनि जतिसुकै होउन संख्यामा उनीहरुसबैलाइ मात्र सन्तानका रुपमा समान माया गरिएको हुन्छ । तर तिनै सन्तानहरु ठूलो भएपछि महिला र पुरुषको रुप धारण गर्दछन अनि फेरि सुरु हुन्छ महिला र पुरुषको तिक्तता अनि फेरि बढ्छ महिला र पुरुष भन्ने प्रवृत्तिको दुरी । आखिर यो सबै पात्र भन्दा पनि प्रवृत्तिको खरावी हो । पात्र उही भएपनि प्रवृत्ति फेरिंदा समस्याहरु उत्पन्न भएका हुन जस्तो लाग्छ । नपत्याए, हामी हरेकले आफ्नो वाल्यकाललाइ याद गरौं त , किनकी वाल्यकालमा विताएका हरेक पलहरु सबैका लागि अविश्मरणीय हुन्छन किनकी वाल्यकाल निष्कपट र निश्चल हुन्छ । कुनैपनि भेदभावको आभास र गन्धनै थाहा हुदैन वाल्यकालमा । त्यो कलिलो मष्तिष्कबाट आफ्नो शैशव कालको महिला वा पुरुष मित्रसँग गरेका आत्मीय व्यवहार सम्झौ त त्याहाँ कुनैपनि भेदभाव म देख्दिन त्यहाँ त अझ महिला र पुरुष हुँ भन्ने अनुभूतिसमेत हँुदैन । मेरो एउटा केटी साथीले मलाई कहिले काहीं भन्ने गर्थिन कि तिमी हामी केटीहरुको वीचमा सँगैरहदा पनि म मनपरी वोल्छु तिमी पुरुष भएकोसमेत ख्यालै गर्दिन किनकी मैले त्यसो ठानेर कुरा लुकाए भने तिमी माथि भेदभाव गरेको ठान्दछु । यसकारण नत तिमीले हामी केटीहरुलाई कहिल्यै आफु पुरुष भएको नाजायज आभाष नै दियौ नत मलाइ कहिल्यै म महिला हँु र त्यो पुरुष हो भन्ने भेदभावपूर्ण विचार मनमा आयो यसकारण मैले जहिल्यै कुरा गर्दा एउटा साथीको रुपमा खुलेर कुरा गरे कहिल्यै केही लुकाउनै परेन किनकी फरकढंगले सोच्दै सोचिएन । हो भेदभाव हाम्रो सोचाइ र मष्तिष्कमै विद्यमान छ कीनकी मष्तिष्कले भेदभावनै नसोच्ने हो भने पात्रको प्रवृत्ति आफै सकारात्मक सोचतर्फ उन्मूख हुन्छ ।

यसैगरी कतिपय प्रवृत्तिहरुको विकास मानिसको रहनशहन र वर्गीय पहुँचका कारण पनि सृजना भएको देखिन्छ जस्तै ग्रामिण परिवेशको ठीक विपरित सहरीया जीवनशैलीमा फर्किने हो भने जहाँ अधिकांस हुने खाने वर्ग बसोबास गर्दछन जहाँ उनीहरुका लागि सबैखाले आधारभुत आवश्यकता पनि पुरा भएका हुन्छन,अझ उच्च वर्गका पारिवारिक घरानामा त झन नोकरचाकरको समेत व्यवस्था हुन्छ , ठूलो महल , गाडी , नोकर चाकर सबैकुराबाट पुग्दो हुन्छ उनीहरुलाई यद्धपी त्यस्तै वर्गहरुमा वढी असमानता , विभेद जस्ता असमन्वयकारी मुद्धाहरु बढि प्रष्फुटित भएको देखिन्छ किन ?यो अहिलेको विश्वको वास्तविक उदाहरण हो । यसकारण महिला दिवस मनाइरहँदा धरै पीडित र अन्यायमा परेका महिलाहरुको मुद्धा र प्रसंगहरु एकाएक उठाइन्छन तर सबै सिजनल र अकेजनल रुपमा मात्रै किनकी समाजमा विभिन्न खाले विभेद र असमानता त हरेक दिन घटिरहेकै हुन्छन । त्यसका लागि दिवस नै कुर्नुपर्छ भन्ने पनि होइन समाजलाई साच्चिकै सूधारोन्मुख ढंगले मौलाउन दिने हो भने सबै खाले विभेद र अन्यायहरुलाइ चाहे ती महिलाका हुन चाहे ती पुरुषका सरोवरी ढंगबाट उठाइनुपर्दछ । आखिर समस्या प्रवृत्तिमा हो पात्रमा होइन किनकी हामी सामाजिक अभियन्ता तथा समाजसुधारकले कल्पना गरिरहेका अझ भन्ने हो भने आखा खुलेका शिक्षित मानिसहरु भनिएकाहरु जो छौं हामीहरुले कल्पना गरिएको साच्चिकै समतामुलक समाजको निर्माणयहिखाले एकतर्फी बुझाइबाट सम्भव होला त ? एकपटक बौद्धिक भनिएको वर्ग र विचारमन्थन गर्नेहरुका लागि यो एक यथार्थ प्रश्न हो । समाज त्यतिवेला मात्र सन्तुलित हुन्छ जतिवेला समाजमा विद्यमान हरेक खराव प्रवृत्ति हटाउन महिला र पुरुष आफ्नो लैङ्गिक स्वरुपलाइ एक सामाजिक प्राणिको रुपमा मात्र महसुस गरेर सामाजिक सन्तुलनका लागि निष्पक्ष भएर कार्य गर्दछ । जस्तो, एकजना पुरुष जीवनको सारा परिश्रम विदेशी भूमिमा खर्चगरेर जतिनै दुःख भएपनि घरमा रहेकी आफ्नी प्राण प्यारीका लागि भनेर दिनरात नभनी काम गर्दछ र कमाएको सारा सम्पत्ति उनै प्राणप्यारीलाइ पठाउन्छ तर उनै आफुभन्दा बढी विश्वास गरिएकी प्राणप्यारीले जीवनभर पसिना वगाएर कमाएको श्रीमानको सम्पत्ति कुम्ल्याउँदै अर्केसँग सुइँकुच्चा ठोक्दै हिड्छे अनि जीवनभर तन,मन र धन समर्पित गरेका ती पुरुष यही समाजमा आत्महत्या गर्न बाध्य हुन्छन ल भन्नुस यो एक पात्रको वास्तविक उदाहरण हो तर समाजमा यस्तै प्रकृतिका असंख्य घट्नाहरु धेरै घटिरहेका छन् जून एक यथार्थ हो । के महिला दिवसमा कुनै पुरुष पनि पीडित भएको चर्चा गरिन्छ त ? अहँ अवश्य गरिदैन । यहाँ यतिसम्मकी कुनै महिलाले पुरुषको अधिकारका बारेमा आफ्नो विचार स्वतन्त्र रुपमा मात्र राख्यो भनेपनि केही पुरातनवादी तथा अतिबादी अधिकारकर्मी भन्नेहरुले त्यस्ता फरक मत राख्ने पात्रहरुको खिस्सी गर्दे हिडेको देखिन्छ । किनकी यो समाज अझै सत्यलाइ साच्चिकै सत्य भन्नेका लागि विरोधाभाष र अभिसाप बनिरहेका देखिन्छ तर सत्य जतिपटक ढाट्ने प्रयास गरेपनि सत्यनै रहन्छ ।

यो लेख कुनै वर्ग र लैङ्गिक विरोधी हुदै होइन । यो लेखमार्फत खाली त्यस्ता विज्ञ तथा अधिकारकर्मीहौं भन्नेहरुप्रति जिज्ञासा मात्र हो जसले आफुलाइ आवाजविहिनहरुका आवाज हौं भनेर चिनाइरहेका छन त्यसैमार्फत आफ्नो जिविकोचलाइरहेका छन् । संसारमा सबैभन्दा ठूलो धर्म कसैलाइ अधिकार दिलाउनु नै हो तर संगसंगै अर्को पक्ष पनि उत्तिकै महत्वका साथ आउँन्छकी कसैले अधिकार पाउँदै गर्दा कसैले अधिकार गुमाउनु पनी नपरोस । यसकारण,समाजलाइ साच्चिकै सन्तुलनमा राख्ने हो भने कुनै एउटा पक्षको अन्धाधुन्द वकालत र पैरवी नगरी वास्तविकताका आधारमा, गुण र दोषका आधारमा हरेक पक्षलाइ समान ढंगले बुझिनुपर्छ , बुझाइनुपर्छ अनि समान न्याय र दण्डको व्यवस्था हुनुपर्दछ नकी कुनै एउटा पक्षको सापेक्षित राम्रा कुराका आधारमा सोही पक्षमा रहेका अत्यन्तै खराव कुराहरुलाइ मज्जाले पचाउने कार्य गरियो भने त्यसले अर्को पक्षलाइ पनि उत्तिकै अन्यायमा पारिरहेको हुन्छहोला भन्ने कुरा कदापी भुल्नु हुदैन ।

समतामुलक समाज र विभेदमुक्त समाज त्यतिवेला मात्र सम्भव हुन्छ जव महिला र पुरुष दुवैलाइ हरेक पात्रका गलत प्रवृत्ति पिच्छे गुण र दोषका आधारमा व्याख्या र विश्लेषण गरिने अभ्यास र संस्कृतिको विकास हुन्छ र सोही वमोजिम उनीहरुलाई सामाजिक तथा न्यायिक कठघरामा उभ्याइन्छ तर कुनै एउटा वर्ग कुनै एक समयमा पीडित थियो यसकारण अहिले पनि पीडितै छ भन्न्ने अनुमानका आधारमा नाजायज दावी गर्दे वकालत र पैरवी गर्दे समाजको वास्तवीक सन्तुलनलाइ समेत धमिलो पार्ने कोसिस गरिनु सरासर गलत हो ।

हामी त्यस्तो समाजको निर्माण गरौं जहाँ महिलालाई महिला भएकोमा गौरव होस पुरुषलाई पुरुष भएकोमा गौरव होस र दुवैले एक अर्का भित्र कुनैपनि पात्रका अधिकारहरु हनन भएको खण्डमा विना भेदभाव एकअर्काका लागि संगसंगै आवाज उठाउन चाहे त्यहा पुरुष पीडित हुँदा होस या महिला पीडित हुँदा होस । यसरी एक अर्काको अस्तित्वलाइ संसारको एक प्राकृतिक सामन्जस्यताका रुपमा बुझ्ने हो भने यहाँ कुनै एक पक्षीय दिवसनै मनाइरहनु पर्देन सबैभन्दा ठूलो रुपान्तरण भनेको एक अर्काको अस्तित्वको बुझाइमै कायम हुने हुँदा प्रकृतिले विनाभेदभाव जन्मदिएकी महिला र पुरुष पात्रहरुविच किन सधै विभेद छ भनेर अड्कल गर्ने वा गराउने ?अझ भनौ विभेदको पर्खाल सधै किन अग्लो पार्दे जाने यसलाइ भत्काएर समान छौ भन्ने अभास किन नदिने?यदि असमझ्दारी रहेछन भने पनि समझ्दारी ल्याउने अवधारणा र अभ्यासहरु किन अवलम्बन नगर्ने । यसकारण सधै कुनैपनी कुरामा वादविवाद सृजना गरीरहुन भन्दा उक्त कुराको वास्तवीक खरावी र प्रवृत्ति पत्तालगाइ दिगो समाधानको उपाय खोज्यौ भने सामाजिक रुपान्तरण र सामाजिक सन्तुलन सधै कालजयी बन्नसक्छ जहाँ हामि सबैका अधिकारहरु सुरक्षित र सुनिश्चि हुने छन् । यसकारण आउनुहोस हामी सबै मिलेर सबै अटाउने , सबैका अधिकारहरु सुनिश्चित हुने र संरक्षित हुनेसमानता दिवस मनाऔं, समाजिक सदभाव र सामाजिक न्याय दिवस मनाऔं । जय लैङ्गिक समानता ।जय महिलापुरुष ।

फाल्गुन २५ गते, २०७३ - ११ः२७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg