भाद्र २ गते, २०७६

अमेरिकी सिनेटमा दर्ता भएको आप्रवासीसम्बन्धी विधेयक

अमेरिकामा रहेका नेपालीको मानसपटल

गगनचुम्बी घरहरुलाइ पछाडी पारेर र समुन्द्रको किनारमा खिचेको फोटो अपलोड गरेको भरमा याहाँ कसैको पनि हैसियतको निर्णय गर्न सकिदैन

सिनेटरद्वय अर्कान्सासका टम कटन र जर्जियाका डेविड पर्डयुले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन ९सिनेट० मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन् । वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले दर्ता गरिएको उक्त बिधेयकमा डाइभर्सिटी भिसा (डीभी) बन्द गर्नुपर्ने पनि उल्लेख छ ।

सन् २०१२ मा पनि दर्ता भएर असफल भएको यस्तो बिधेयक यो पटकमा के हुन्छ त्यो त समयले बताउला तर डीभी बन्द हुन् लाग्यो भनेर खुशी वा दुखि हुनुपर्ने कारण के हो त्यो भने मैले बुझ्न सकेको छैन ।


सन् २०१२ मा पनि दर्ता भएर असफल भएको यस्तो बिधेयक यो पटकमा के हुन्छ त्यो त समयले बताउला तर डीभी बन्द हुन् लाग्यो भनेर खुशी वा दुखि हुनुपर्ने कारण के हो त्यो भने मैले बुझ्न सकेको छैन ।

डिभी चिट्ठाको सुबिधा नभएका देशहरु बिशेष गरेर भारतीय मुलका व्यक्तिहरुलाई यो चिट्ठाको कारण धेरै नेपालीहरु अमेरिका आएकोमा निकै ठुलो डाहा थियो तर अब यो चिट्ठा बन्द हुन लाग्यो भनेर खुशी हुने नेपालीहरुको मनोविज्ञान बढो गजबको छ । डिभी परेको कारणले मात्र अमेरिका आउन पाएका नेपालीहरुपनि खुशी देखिन्छन् किनकि उनीहरुलाई अब म त आइहाले अरु आउन पाओस् कि नपाओस मलाई के मतलब भन्ने विचार हुनसक्छ, अर्कोतर्फ जो नेपालमै छन् र अमेरिका आएर बसोबास गर्न चाहन्छन् अब यो चिट्ठा बन्द भयो भने हाम्रो त अमेरिका आउने बाटो नै बन्द हुनसक्छ भनेर निरर्थक चिन्ता गर्ने पनि छन् ।

अनेकौं तिकडम गरेर र आफ्नो पेशाको सदुपयोग वा दुरुपयोग गरेर अमेरिका आएका र नेपालमा केहि माखो मार्न नसकेको तर याँहा आएर सानोतिनो जिबिका गरेर गुजारा चलाउनेहरुको त भुँइमा खुट्टा छैन, उनीहरु आफुलाई खानदानी अमेरिकन जस्तो सम्झिन्छन् र अब अमेरिकामा नेपालीहरुको संख्या धेरै भएको कारण यो प्रक्रिया बन्द हुनुपर्ने बिचार राख्छन् । त्यस्ता महा मानबहरुलाई मेरो एउटा प्रश्न छ, तिमीहरुलाइ यो चिट्ठा पर्नुभन्दा पहिले अमेरिका आएका व्यक्तिहरुले यस्तै विचार राखेको भए कस्तो लाग्थ्यो होला रु यधपी उनीहरुले जे जस्तो विचार राखे पनि यो प्रक्रिया बन्द गर्ने वा निरन्तरता दिने भन्ने बिषयमा निर्णय गर्ने हैसियत उनीहरुको छैन ।

विभिन्न उपाय गरेर याँहा भित्रिएका करिब ९० प्रतिसत नेपालीहरुको गुजारा हामीले नेपालमा सानो काम भनेर हेँला गरेको काम गरेर बितेको छ र म पनि यसको अपबाद होइन । याँहाको सिस्टम नै राम्रो भएकोले जस्तो काम गरे पनि बाँचिने कारणले मात्र याहाँ सबै शुखी जस्तो लागेको हो । सामाजिक सन्जालमा गगनचुम्बी घरहरुलाइ पछाडी पारेर र समुन्द्रको किनारमा खिचेको फोटो अपलोड गरेको भरमा याहाँ कसैको पनि हैसियतको निर्णय गर्न सकिदैन, कमसेकम नेपाली मुलका व्यक्तिहरुको लागि ।


नेपालमा केहि माखो मार्न नसकेको तर याँहा आएर सानोतिनो जिबिका गरेर गुजारा चलाउनेहरुको त भुँइमा खुट्टा छैन, उनीहरु आफुलाई खानदानी अमेरिकन जस्तो सम्झिन्छन् र अब अमेरिकामा नेपालीहरुको संख्या धेरै भएको कारण यो प्रक्रिया बन्द हुनुपर्ने बिचार राख्छन् ।

आफुले काम गर्ने ठाउँमा भुँइ पुछेको, चर्पी सफा गरेको आदि जस्ता फोटोहरुपनि अपलोड गर्ने साहास गरे पो त्यो व्यक्तिलाई धन्यबाद दिन सकिन्छ । नगण्य रुपमा उच्च पदमा काम गरेर बसेका नेपालीहरु पनि याहाँ नभएको होइन तर उनीहरुको आफ्नै समुह हुन्छ, उनीहरु त्यही समुहमै रमाउछन् र आफ्नो बारेमा अरु अपरिचितसंग त्यति खुल्न चाहदैनन् । सबैभन्दा कठिन कागजपत्र बिहिनहरुका लागि छ, उनीहरु आफ्नो योग्यता अनुसारको काम गर्नबाट जति बन्चित छन् त्यतिनै तलबबाट पनि ठगिनछन् । भनेको समयमा कतै जान नपाउने र हरदम के होला कस्तो होला भनेर त्रास लिएर बस्नुपर्ने भएकोले उनीहरुको बसाइ निकै सकसपूर्ण नै छ, चाहे उसले जतिसुकै म खुशी छु, मलाई त कुनै डर लागेको छैन भनेर किन झुट नबोलोस् ।

अन्तमा यो बिधेयक सदनबाट पारित भएर डिभि चिट्ठा बन्द गर्ने कानून नै बन्यो भनेपनि सन् २०१८ सम्म यो प्रक्रिया बन्द हुँदैन र यो बिषयलाइ लिएर खुशी वा दुखि हुनुपर्ने कारण छैन । मेरो बिचारमा अब नेपालीहरुको संख्या बढी भयो त्यो कारणले नेपालीहरुलाई आउन बन्द गर्नुपर्छ भन्ने कुरा गलत हो, जो डिभी कै कारणले मात्र अमेरिका आउन पाएका व्यक्तिहरुले ।

जाँदाजाँदै, मेरो एउटा परिचित आफ्नो निलो रंगको अमेरिकी राहदानी देखाउदै सधै मलाई भन्ने गर्छ, यो राहदानी लिएर म बिश्वको एक सय चालिस देसमा निर्बाध घुम्न सक्छु, उ र उ जस्ता खानदानी अमेरिकनहरुलाई मेरो प्रश्न, घुम्न त सक्छौ तर घुम्न जाने कहिले ज्यालादारी काम छोडेर, काम बन्द त पैसा बन्द ।

फाल्गुन ८ गते, २०७३ - १३ः३५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg