५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका क्रममा जारी बन्द सत्रमा आज विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।

स्थानीय भृकुटीमण्डपमा जारी कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गरेको प्रस्तावमा सहभागीद्वारा छलफल सुरु गरिएको छ ।

उक्त प्रस्तावमा एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति गठन गर्नका लागि प्रस्तुत गरिएको
छ । सोही प्रस्तावअन्तर्गत अध्यक्षको नेतृत्वमा केन्द्रीय सदस्यमध्येबाट २४ जनाको पदाधिकारी छनोट गर्नका लागि सिफारिस गरिएको छ ।

पार्टीको भावी आदर्श तथा रणनीतिका बारेमा पनि विधानमा संशोधनका क्रममा समीक्षा गरिने छ ।

यसअघि शनिबार पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका छन् । ती दुवै प्रस्तावमाथिको छलफल अहिले स्थगन गरिएको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार विधान संशोधन प्रस्तावमा सहभागीको सुझावसहित परिमार्जन गरी आजै पारित गरिने छ । निर्वाचनको प्रक्रिया अगाडि बढाउनका लागि सो प्रस्ताव चाँडो पारित गर्नुपर्ने भएको छ । विधानको टुङ्गो लागेपछि मतदाता नामावली प्रकाशनको कार्य अगाडि बढाइने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस