प्रेस युनियनद्वारा नेपाल पत्रकार महासंघमा तालावन्दी « प्रशासन
prasaLogo
३ फाल्गुन २०७३, मंगलवार

प्रेस युनियनद्वारा नेपाल पत्रकार महासंघमा तालावन्दी


प्रकाशित मिति : 14 February, 2017 3:56 pm

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वले आफूखुसी जिल्लाहरुमा नयाँ सदस्य थपेको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

युनियनले सदस्यता वितरणमा धाँधली भएको भन्दै सञ्चारग्रामस्थित महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीसँगै मंगलबारबाट शुरु भएका प्रदेश नम्बर ४ र ५ का केही जिल्ला शाखाहरुको अधिवेशन पनि अवरुद्ध भएको छ । अधिवेशनका लागि गएका केन्द्रीय प्रतिनिधिहरुले लगेको सदस्यता लिष्टमा जिल्लाबाट पठाइएका बाहेक केन्द्रबाट राजनीतिक आस्थाका आधारमा सदस्य थपिएको आरोप युनियनले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस