भाद्र ३ गते, २०७६

कल्पनाको डायरीबाट भ्यालेन्टाइनलार्इ ‘चिठी’

प्यारी ! असीम प्यार तथा मिठो सम्झना !

संयोगबस मैले पत्र लेख्दै गर्दा आज पेम दिवस नै परेछ । आजको दिनप्रेमरूपी सुगन्धमा संसारलठ्ठ हुँदा म भने तिम्रो सामिप्य रहन सकिँन। मलाई तिम्रो असिम प्यारको सुगन्धमा लुटपुटिने रहर नभएको कहाँ हो र रुसमय निष्ठुर रहेछ जसले हामीलार्इ टाढा रहन बाध्य बनाएको छ, माफी चाहन्छु ।आखिरसयौं जुनि माया गरिरहने मनलार्इ एउटा दिवसमा सीमित गर्नु पनि त अन्याय नै हो नि ।हाम्रो छाती चौडा भएको कारणा त ‘भ्यालेन्टाइन डे’ हाम्रो मायाको समुद्रबाट झिकिएको एक लोटा पानी जत्तिमात्र हो । त्यही कुरो जाने संस्कृति नजाने विकृति । थाहा छ विश्वबन्धुत्वको हाम्रै यो संस्कार चोरी भएर एक चक्र लगाउँदै हामीसम्म पुनः आइपुग्दा देखासिकीले मिच्दै अनि आयातितले थिच्दै अपभ्रंश भर्इ विकृति बोकेर आइपुगेको छ । बाउआमालार्इ छोराछोरीले ठग्न, धुत्न थालेका छन् । प्रेमको मातमा अल्कोहल अनि लागुपदार्थको मात थपिएको छ ।अल्लारे जीवनमा धेरैका छोराछोरी अध्यारोमा बत्तीमा पुतलीझैं विकृतिमा हाम फालिरहेका छन् । शहरतिर बाटोमै पसारिएका भेटिन्छन रे भन्ने सुन्छु समाचारमा । यस्तो हुलमुलमा छोराछोरी जोगाउनु हरेक अभिभावकको कर्तव्य पनि हो । सकेसम्म हजुरबा, हजुरआमाले सिकाएकैसंस्कार दिनु, खोलेफाँडो जेछ खानले नमार्नु, काममा दया जरूरी छैन । बाँकी समयले सिकाउँदै लैजान्छ । छोराछोरीप्रतिको आफ्नो कर्तव्यबाट तिमी कुनै हालतमा पनि च्यूत नहुनु ।

मेरी आमाले मलार्इ लाम्टो चुसाएर हुर्काउँदै जुन नैतिकता र विनयशीलता सिकाउनुभो, बाबाले सिस्नुपानी लाएर गलत बाटोमाथि धावा बोल्नुभो त्यो संस्कारयुक्त माया रैथाने हो । अहिले यसबाट मान्छे बिचलित भइसके । यस्तो बिकार जहाँ पैसाको बिटोले मायाको किनबेच होस्, जहाँ मायाँको नाममा उश्रृङ्खलता छताछुल्ल होस् अनि नशामा डुबेर एकछिन मद्होस हुँदा जीवनभर पींडाले लखेटिरहोस्स त्यो बर्बादीको बाटो हो जसले माया भनी घुटुक्क पार्दा विषजहर परोस् अनि भतभती पोलोस् । क्षणिक आकर्षण, स्वार्थलार्इ पो बनावटी लेपन चाहिन्छ, तामझाम चाहिन्छ, सँधै उपस्थिति चाहिन्छ,पैसा अनि खै के केदाति चाहिन्छ ।

आमाले गाला सुम्सुम्याउँदा उनको मुहारतिर हेरेर जसरी हामी सानामा असिम प्यार अनुभित गर्दथ्यौ र लाडप्यार फर्काउँथ्यौं, त्यस्तै चाँद झैं छ हाम्रो मन।भाँडा माझ्दा, घाँस काट्दा, पत्कर सोहोर्दा, खेतबारी अनि चुलोचौको गर्दा दर्फरिएका खस्रा हातहरूको हल्का स्पर्षस जो संसारमै फरक र अमूल्य छ, को अनुभूति गर्ने रहर नभएको कहाँ हो र रु आखिर त्यो स्पर्ष अहिलेको कथित मायाको बाढीजस्तो बनावटीपनि त छैन ! त्यसैले त अडिन्छ हाम्रो सम्बन्धको त्याँन्द्रो । तैपनि देखासिकीले मन खिन्न हुँदो हो भनेर म सम्झनाका तरेलीहरू पसिनाको अक्षरमा लत्यत्याउँदैछु ।

कहिल्यै बिचलित नहुनू किनकि तिमी मेरो र म तिम्रो लागि बाँचेका छौ र हामी हाम्रा भावी पुस्ताको निम्ति नैतिकतामा बाँधिएर बाँचेका छौं । मेरो तन यता छ मन घरमै छ । म आलमारीमा छु, दियोघरमा छु, बुइँगल, भँडारमा छस दलान, आँगन, गोठ जताततै डुलिरहेको छु । यदि म हावा भइदिएको भए तिम्रो त्यो फर्फराउँदो केशमा मन्द प्रवाह भएर बहन्थेँ होला । म जल भइदिएको भए पनि त तिम्रो प्रेमको प्याँस मेटाउन आम्खोरामातयार हुन्थें होला। रगतको उद्वेग हुन्थेँ भने तिम्रा नसानसामा मै बहन्थेँ होला।सम्झ म यी सबथोक हुँ । म यी सबथोक होइन ।

यसकारण सबथोक हुँ मुटु धडकिन निरन्तर विद्युतीय झडका चाहिन्छ त्यो कसरी उत्पन्न हुन्छ मलार्इ थाहा छैन तर यसबिना धडकन चल्दैन । हाम्रो जीवन पनि मायाको त्यान्द्रोले जोडिएको छ, जो रबरजस्तै छ, जति तन्किँन्छ उति फैलन्छ । यो भगवानकै कृपा हो छिन्ने गरी सम्झना तन्काउनुहुन्न । छिनेमा जोड्नकठिन पर्छ । म यस्तो मानिस जसलार्इअहिले शरीरले बिकार निष्कासन गरेझैं नियतिले देशबाट निकालेको छ । समयले लबटो हानेको छ ।समाजको जाँतोमा म घुनझैं पिसिँन बाध्य छु।होउत्तिकै अधिकार लिएर स्वतन्त्र जन्मिएको त हुँतथापि यो धर्तीमा समाजको जाँतोमा सबै मान्छे कुनै न कुनै दिन ओइरो बन्ने रैछन्, को कतिखेर पिसिँने भन्नेमात्र हो । नियतिले मलार्इ पहिले ‘ओइरो’ बनायो ।

संसारमा श्रमजीवीकै बाहुल्यता छ जो हरेक साँझ गरिबी छल्न च्याख्ला फत्काउँछन् याडाडु भान्से लगाउँछन् । हामी दुर्इ फक्लेटा मात्र भएका हौं, गरिबीकै भाँडोमा छौं, समयले चुल्हो बालेछ भने कुनै दिन सँगै फत्किरहेका हुनेछौं, भातको सिता बनेर पुनः जोडिनेछौं । म कल्पना गर्दछु हाम्रो भेट भाँडोमा भएन भने पनि पेटमा पसिसकेपछि पनि होस् । यदि त्यहाँ नि भएन भने अन्तमा मिल्ने त यही धर्तीमै हो । अरूको निम्ति काम नलाग्ने भएर निष्कासन गरिए पनि तिम्रो मायाको बन्धकीले तिमी अनि स्वयं मलार्इ मिल्ति गराओस् ।

हो म अहिले विदेशमा भाग्य खोज्दै पत्थर खोपिरहेछु । मेरो पसिनाको आहलमा पत्थर डुबेको छ जहाँ ५५ डिग्रीको भुङ्रोको राप लगाइएको छ । तातोले पत्थर चाँडै नै पाक्लाजस्तो छ । त्यसपछि हाम्रो भाग्य खुल्नेछ सायद । प्यारी म यही पत्थर पगाल्न यहाँ एकमुठी साशको पर्वाह नगरी पसिनाको आहलमा थोपा थोपा जम्मागरिरहेछु । ताकि सुक्यो भने पत्थर नपाक्ला । लाग्छ यो बिरानो ठाउँमा म कुनै मानिसको स्वरूप हुँदै होइनसकुनै इच्छा, आकांक्षा, भावना नभएको निर्जीव मूढो हुँ । जिउँदो लाश हुँ भन्ने त्यतिखेर थाहा लाग्छ जब नियतिको दुर्गन्ध ह्वास्स गनाउँछ अनि झल्यास्स ब्यूँझन्छु । यसो छाम्छु मुटु धडिकिँरहेछ, त्यो तिम्रै मायाँको त्यान्द्रोले मात्र रहेछ ।

हठात् पुलकित हुन्छु, घोरिन्छु ।आफूले आफ्नै भाग्यलाई धिक्कार्नु शिवाय केही देख्दिन म ।बुढापाकाहरू कथन गर्थे भावीले भाग्य लेख्छ भनेर । तर मेरो भाग्य लेख्ने बेलामा त भावीको कलमको मसी नै सिद्धिएछ क्यारे । कि त भावी पनि प्रेमजालमा फसेर मैलेजस्तै त्यतै आँखा ओछ्याउँदा ओछ्याउँदा भावनाको मसी आँखाबाटै बगेर सकिएछको हुनुपर्दछ । यस्तो बेला एउटामात्र रङ देखिन्छ रे । हो, अँध्यारो रङले अँध्यारै पर्दामाभाग्य लेखिदिएका छन् र चम्किन्छ कि भनेर त म यो उखपातमा पनि अझैं भाग्य खोज्दैछु ।

आखिर जे होस्म खुशीको आशामा दुःखकोदुन्दुभी बजाउँदैछु । संसार आशै आश, तासै तासको महल न हो । मेरो हालत देखेर जोरीपारीकाखी बजाउँदा हुन् ।बजाउन् फिक्री छैन । निरासाको बादलभित्र म अझै आशाका घेराहरूखोज्दैछु । सफलताको मन्त्र त मलाई आउंदैन् तर पनि पसिनाको मूल्य चुकाउन भने पछि परेको छैन् । हुन त मैलेजस्तै तिमीले पनि हरेक पलमा मलाई सम्झन्छ्यौं होला । हरेक प्यासमा मेरो प्रेमको अभाव महशुस गरिहेकै होलाउ । माछो पानीबिना बाँच्दैन । हरपल तिम्रा ति सुन्दर र निष्चल आँखाभित्र मेरै छायाँ लुकामारी खेलिरहला । मेरो न्यानो आलिंगनको अनुभूति पनि कल्पनाको गहिरार्इसँगै लुकामारी खेल्दो हो ।तिम्रो र मेरो प्रेमलापको संवाद तरङ्गमा बिलाउँदो हो । तर, यी सबै कुराले मेरो अभावमा प्रेमप्रति घृणा जगाउन सक्छ ।त्यसप्रति सदा चनाखो रहनु । कुमालेको चक्रजस्तै घुमिरहने जिन्दगीका पलहरू कुनै पनि मोडमा अवश्यपनि भेट हुनेछन् । हो त्यही संगमस्थल जहां तिम्रो र मेरो भेट हुनेछ । मिर्मिरेको लालिसँगै फेरि हामी चियाको चुस्कीसँगै प्रेमलापका कुरा गर्नेछौं ।

हो, मैले अझै पनि हिम्मत हारेको छैन । तिमीले त्यता खेपेकी छौ । हामी त्यही धरातलमा भेट हुनेछौं जसले हाम्रो अतितको मिठो कथा बोकेको छ।जहाँ मेरा बाआमाको मायालु संस्कार फक्रिएका कारण म जीवहरूप्रति यति प्रेमिल र स्नेही बन्न सकेको छु । अब त्यो एकान्तमा तिमी र मबाहेक कोही हुनेछैन् । त्यो वशन्तको सज्जामा हामी प्रेमको रंगिन दुनियामा बिलिन हुनेछौं । एकअर्काको न्यानो स्पर्ष र काउकुतीले हामी मुस्कुराइरहेका हुनेछौं । तिम्रो कोमल स्पन्दनको टुक्रा बनेर म काखमा लुटपुटिरहेको हुनेछु त्यसबेला तिमी मप्रतिको प्यार व्यक्त गर्न अझै आँतूर देखिनेछ्यौ ।गुलाबी ओठको मन्द मुस्कानसँगै चुम्बनको वर्षा हुनेछ । पर्खाइमा रहनु प्यारी, त्यस दुनियाँमा हाम्रो चोखो प्रेम पुनः फक्रिनेछ ।त्यो प्राकृतिकप्रेमअहिलेको मायाजोख्ने तराजुले तौलिन सक्ने छैन। विशुद्ध प्रेमिल संस्कार जुन विश्वको लागि नै नमूना हुनेछ, हामी हाम्रो पुस्तौंपुस्तासम्म मातृत्व अनि भातृत्वको भाव प्रसार गर्नेछौं । देख्नेहरूले त्यसै जिब्रो टोक्नेछन्…

सम्झनाको पोयो हत्यौरीको रोलजस्तै हो तानेसम्म लम्बिइरहन्छ । आजलार्इ यति नै ।

उही तिम्रोपसिना प्रसाद
खाँडीबाट

फाल्गुन ३ गते, २०७३ - १४ः५७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg