मसुरियामा जनता बैंकको साखा रहित बैंकिङ्ग सेवा सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मसुरियामा जनता बैंकको साखा रहित बैंकिङ्ग सेवा सुरु


२२ माघ २०७३, शनिबार


कैलालीको मसुरियामा सनिवार जनता बैंक लिमिटेडको साखा रहित बैंकिङ्ग सेवाको उद्घाट्न गरिएको छ । जनता बैंकका कृषि, बिपन्न कर्जा तथा सक्षम प्रोजेक्ट म्यानेजर अमित श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका निर्देशक बिष्रत थापा रहेका थिए भने बिशिष्ट अतिथीे जनता बैंकका प्रसन्न केसी रहेका थिए ।

कार्यक्रममा मसुरिया बजार क्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र देबकोटा, खप्तड बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख मदनराज जोशी लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मसुरियाका स्थानिय थारु महिलाहरुले थारु सांस्कृतिक झांकी समेत प्रस्तुत गरेका थिए । मसुरिया साखा रहित बैकिङ्ग सेवाका ब्यवसायिक प्रतिनिधी हर्षित कुश्मीलाई बैकिङ्ग सेवा संचालनका लागि प्राबिधिक उपकरण र प्रमाण प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । बैंकका धनगढी साखा प्रमुख मुकुन्द भट्टले सञ्चालन गरेको कार्यक्रममा ट्रान्जाक्सनल बैकिङ्ग प्रमुख तिलक खतिवडाको स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस