Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रतिष्ठानको बार्षिकोत्सव सम्पन्न


२० माघ २०७३, बिहिबार


धनगढी । विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसको बार्षिकोत्सव बुधवार एक समारोहका बिच सम्पन्न भएको छ ।

प्रतिष्ठानले प्रत्यक बर्ष शिक्षा र साहित्यको क्षेत्रमा योगदान प¥याउने आठ जना व्यक्तिलाई सम्मान गर्दै आएको छ । यस बर्ष पनि प्रतिष्ठानले प्रदान गर्दै आएको लिलानाथ ओझा पत्रकारिता प्रतिभा पुरस्कार तथा सम्मान पत्रकार नागरिककर्मी दिलबहादुर छल्याललाई प्रदान गरेको छ । सात हजार राशी भएको पत्रकारिता प्रतिभा पुरस्कार बुधवार कैलाली बहुमूखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले प्रदान गरे ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य तथा सुदूरपश्चि संयोजक समेत रहेका पत्रकार छल्याललाई लामो समय देखी पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान गरे बाफत सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष तोयनाथ भट्टले बताए ।

पत्रकारिता क्षेत्रमा लगातार क्रियाशिल रहदै आएका पत्रकार छल्याललाई उच्च मूल्याङ्ग गरि लिलानाथ ओझा पत्रकारिता प्रतिभा पुरस्कार तथा सम्मान गरेको कैलाली बहुमूखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले बताए । पत्रकारिता पुरस्कार ग्रहण गर्दै नागरिककर्मी छत्यालले बिद्यार्थी सहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसले आफनो मुल्याङ्ग गरेर सम्मान गरेकोमा खुसी भएको बताए । कार्यक्रममा बोल्दै उनले पत्रकारिता प्रतिभा पुरस्कारले पत्रकारिता क्षेत्रमा थप जिम्मेवारीका साथ काम गर्न अभिपे्ररित गरेको बताए ।

त्यस्तै कार्यक्रममा शिक्षा क्षेत्रमा योग्दान प¥याएको भन्दै कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा। पदमरा जोशी, प्राध्यापक जनकराज भट्ट, प्राध्यापक डा। प्रेम बहादुर साउँद, प्रसासकिय प्रमुख तथा देउडा गायक दील बहादुर धामीलाई सम्मान गरिएको छ । त्यस्तै साहित्यका क्षेत्रमा योग्दान पु¥याएको भन्दै साहित्यकार एनके जोशी, कवियत्री रुपा स्वाँर, प्रतिष्ठानका पूर्व अध्यक्ष ज्योतिप्रकाश जोशीलाई सम्मान गरिएको छ ।

२०५५ सालमा स्थापना भएको प्रतिष्ठानले कैलाली बहुमूखी क्याम्पस बाट हरेक बर्ष ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वती पूजाको दिन बिषेश कार्यत्रमको आयोजना गरि वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस