जालझेल र आश्वासनका भरमा मधेसी मोर्चा नअल्मिलिने महन्त ठाकुरको चेतावनी « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जालझेल र आश्वासनका भरमा मधेसी मोर्चा नअल्मिलिने महन्त ठाकुरको चेतावनी


१६ माघ २०७३, आइतबार


काठमाडौँ। लेखक तथा पत्रकार रामरिझन यादवको पुस्तक ‘ब्ल्याकआउट’को आइतवार सार्वजनीकिकरण गरिएको छ ।

नेपालको संविधान घोषणा भएपछि तराई–मधेस क्षेत्रमा चलेको आन्दोलनको क्रममा मारिएका नागरिकप्रति समर्पित गरी लेखिएको पुस्तकको (माओवादी) जनयुद्ध, जनआन्दोलन दोस्रो र मधेस आन्दोलनका सहिद परिवारले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सहिद परिवारलाई सम्मान समेत गरेका थिए ।

सो अवसरमा पूर्व प्रधानमनत्री भट्टराईले नेपालका सबै आदिवासी, जनजाती, मधेसी समुदायलाई अधिकार सम्पन्न बनाएर मात्रै समृद्ध मुलुक बन्नसक्ने बताउँदै नेपालको राष्ट्रियता ‘इन्द्रधनुष’ खालकै भएकाले सबैलाई अधिकार सम्पन्न बनाउनुपर्ने तथा संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले सबै नेपालीलाई अधिकार दिन नचाहने र सबै नेपाली समान नागरिक हुन् भन्ने मानसिकताको विकास नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने उल्लेख गर्दै संविधान संशोधनले मात्रै मुलुकको राजनीतिक समस्या समाधान हुननसक्ने भएकाले संविधानको पुनःलेखन गर्नुपर्ने बताए ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरले जालझेल आश्वासनका भरमा मात्रै मधेसी मोर्चा नअल्मिलिने भन्दै शीघ्र समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘लाल मधेस’ मासिकले प्रकाशन गरेको पुस्तकमा तराई–मधेस आन्दोलनका क्रममा मारिएका नागरिकका बारेमा सविस्तार लेखिएको लेखक यादवले बताए । रासस

प्रतिक्रिया दिनुहोस