१
पीडा यो मनका देखाउ म कस्लाई
गुम्सिएका कथा लेखाउ म कस्लाई
अटुट सम्बन्ध बिचैमा लत्याइ दिदा
आधार बनाई अब टेकाउ म कस्लाई
२
रम्नु सधै आफ्नो सुन्दर घरबार बनाउनु
मायाले नै भरिएको दरबार बनाउनु
पिडा जति मै झेलौला निमी बन्नु सफल
मै अचानो बनौला तिमी तरबार बनाउनु