थारु गाउँमा माघीको चहल–पहल सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

थारु गाउँमा माघीको चहल–पहल सुरु


२८ पुस २०७३, बिहिबार


कैलाली । कैलालीको थारु गाउँमा माघी पर्वको चहलपहल सुरु भएको छ । सबैभन्दा ठूलो पर्व तथा नयाँ वर्षको रुपमा मनाइने माघी नजिकिएसँगै गाउँघरमा माघ नाच नाच्ने, बंगुरको मासुको सूची तयार पार्ने, दुनाटपरी बनाउनेलगायतका कार्य हुन थालेका छन् ।

आफ्नो समुदायमा माघीको अवसर पारेर पुस महिनाको अन्तिम दिन परापूर्वकालदेखि नै बंगुर अर्थात् जितामार्ने चलन रहिआएको हुनाले आफूहरु गाउँमा बंगुर खोजी गरी सूची बनाउने कार्यमा लागेको मसुरिया ७ शंकरपुर गाउंका भल्मन्सा मेलुराम चौधरीले जानकारी दिए । साथै थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने माघीमा मिठो मसिनोे परिकार बनाएर छरछिमेकीहरुलाई बाँड्ने र सामूहिक सखिया नाच नाँच्ने चलन पनि रहेको चौधरीले बताए ।

माघीमै थारु समुदायले विभिन्न कार्यका लागि नेतृत्व चयन अर्थात् खोज्नीबोज्नी गर्ने चलन परम्परागत रुपमा पुस्तौंदेखि चल्दै आएको छ । यस्तै, आफ्नो गाउँमा सर्वसम्मत रुपमा भल्मन्सा, चौकीदार, गुरुवालगायत अन्य गाउँको नेतृत्वदायी भूमिका चयनका लागि छलफल सुरु भएको पहलमानपुर ३ सिसैयाका भल्मन्सा सियाराम चौधरीले बताए । उनले बिगत जस्तै यसबर्ष पनि गाउँको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नका लागि गृहकार्य थालेको बताएका छन् ।

माघीमा सबैजना खुसीयाली मनाउदै माघ १ गतेका दिन बिहानै उठेर नदी, तलाउ तथा खोलामा नुहाएर मान्यजनको आशिर्वाद लिने चलन छ । माघी पर्वलाई थारु समुदायले धुमधामका साथ मनाउने गरेका छन् । माघीको तयारी गाउँ–गाउँमा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस