असार ३ गते, २०७६

बोका–पाठी बेचेर बार्षिक १५ लाख आम्दानी

कमाउनका लागि विदेश जानै पर्दैन

मोरङ । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?”

यो भनाइ हो–युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीको ।

सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । दुई बुढाबुढी, कान्छो छोरो अनि एकजना सहयोगीका साथ बाख्रापालन गरिरहेका सुवेदीको पहिलो भनाइ छ–“पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ । उनले विसं २०७० को असारमा सुरु गरेका हुन् । ख्रापालन व्यवसायले काम र दाम मात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाइ छ ।


अहिले सुवेदीको गोठमा १०० भन्दा बढी बाख्रापाठा छन् । स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उनलाई हम्मे–हम्मे छ ।

अहिले सुवेदीको गोठमा १०० भन्दा बढी बाख्रापाठा छन् । स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उनलाई हम्मे–हम्मे छ ।

जन्मिने बित्तिकै ‘बुक’हुन्छ –फणीन्द्रकी पत्नी सावित्राले हौसिँदै भनिन्– “दुई बिगाहा जग्गामा धान खेती गर्दा पनि घरको गर्जो टार्न नसकेर छोरालाई वैदेशिक रोजगारमा पठाएका फणीन्द्रले बाख्रापालनमा पैसा देखेपछि जेठो छोरा टेकनाथलाई पनि घर बोलाएको बताए ।

आफ्नै घरमा व्यवसाय गर्न छोरालाई बोलाएको सावित्राको भनाइ छ । उनीहरुले अहिले धान रोप्न छोडेर एक बिगाहामा उन्नत जातको बाख्राको घाँस लगाएका छन् । तीन वर्षको अवधिमा बाख्रापालनमा उनीहरुको १० लाख लगानी भइसकेको छ । तर, लगानी भएसँगै बोकापाठी बेचेर उनले झन्डै वार्षिक १५ लाख आम्दानी लिइसकेका छन् ।

सय पचास माउ बाख्रा बनाउने लक्ष्यका साथ व्यवसायमा होमिएका सुवेदी भन्छन्– अहिले भएका बाख्रा र तीनवटा बोकाको न्यूनतम मूल्य नै पाँच लाखभन्दा धेरै हुन्छ ।

व्यवसाय गर्न छिमेकी गाविस बयरवन–१ हरकपुरको बालसूर्य बचत तथा ऋण सहकारी संस्था लिले युवा स्वरोजगार कोषको दुई लाख कर्जा उपलब्ध गराएको हो । सोही रकमलाई परिचालन गरी व्यवसाय सुरु गरेका सुवेदी आगामी दिनमा मासुको लागि खसी पनि पाल्ने सोचाइमा छन् ।


जिउँदो बोका प्रतिकेजी एक हजार र पाठी प्रतिकेजी ७०० का दरले बिक्री गरिरहेका सुवेदी आफ्नै गाउँमा अझै ८-१० वटा फर्म सञ्चालन गर्नुपर्ने बताउँछन् ।

बोका–पाठीको माग धान्नै गाह्रो भएकाले हाललाई यही व्यवसाय विस्तार गर्ने उनले बताए । जिउँदो बोका प्रतिकेजी एक हजार र पाठी प्रतिकेजी ७०० का दरले बिक्री गरिरहेका सुवेदी आफ्नै गाउँमा अझै ८-१० वटा फर्म सञ्चालन गर्नुपर्ने बताउँछन् । तीन महिनाको बोको २०-२२ केजीको हुन्छ । यही मूल्यमा बेच्दा पनि एउटा बोकाको मूल्य सामान्यतया २० हजार पर्छ । उनले पैसा कमाउन विदेश गइरहनु नपर्ने तर्क दिँदै भने ।

मुलुकका धेरै स्थानमा युवा स्वरोजगार कोषको रकम दुरुपयोग भइरहेको खबर सञ्चारमाध्यममा आइरहेका बेला बालसूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमचन्द्र भण्डारीले भने आफ्नो संस्थामार्फत लगानी भएको रकम साँच्चीकै आयआर्जनमा लगानी भएको बताए ।

भण्डारीका अनुसार संस्थाले गाईभैँसी पालन, कुखुरा पालन, बङ्गुर पालन, व्यापार र घरेलु उद्योगमा ४० लाख लगानी गरेको छ । सबै सेयर सदस्यले लगानीलाई आयआर्जनमा परिचालन गरेको उनको भनाइ छ ।

पौष ६ गते, २०७३ - १२ः४६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg