श्रावण ८ गते, २०७६

कर्मचारी सङ्गठनको दशौँ अधिवेशन नेपालगन्जमा हुने

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनको दसौं राष्ट्रिय अधिवेशन मङ्सिर २७ देखि नेपालगन्जमा हुने भएको छ ।

तीन दिनसम्म नेपालगन्जमा हुने अधिवेशनको सबै तयारी पूरा भएको सङ्गठनका सदस्य गगनबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष मानबहादुर विष्टको संयोजकत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न १५ उपसमिति गठन गरिएको छ ।

‘सङ्घीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मूलनाराका साथ हुन भइरहेको अधिवेशनले तीनवर्षका लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने सदस्य विकले बताउनुभयो ।

नयाँ कार्यसमितिमा समावेशीसहित १० उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव र एक-एक कोषाध्यक्ष र सहकोषाध्यक्ष चयन गरिनेछ ।

अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । सङ्गठनमा अहिले ४० हजार कर्मचारी सहभागी रहेका बताइएको छ । रासस

मंसिर ८ गते, २०७३ - ११ः४६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg