असार ३ गते, २०७६

निजी लगानीमा विद्युतीय पुस्तकालय स्थापना

पर्वत । उत्तरी पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योति माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ ।

धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घ एनआरएनका युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गर्नुभएको हो ।

आचार्यले आफूले माध्यामिक तहसम्मको अध्ययन गरेको विद्यालयमा आफ्नो आमा चौरासी वर्ष पुग्नुभएको अवसरमा विद्युतीय पुस्तकालय स्थापना गरेको बताउनुभयो ।

कक्षा २ देखि १० सम्मका पाठ्यक्रमसहित विभिन्न विधाका १० हजार पुस्तकलाई ‘डिजिटलाइज्ड’ गरिएको पुस्तकालयमा २० वटा कम्प्युटर रहेका छन् । पुस्तकालय स्थापना गर्न आचार्यले करिब आठ लाख लगानी गर्नुभएको विद्यालयले जनाएको छ ।

 

पुस्तकालय स्थापना गर्न आचार्यले करिब आठ लाख लगानी गर्नुभएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा ३६२ जना बालबालिका अध्ययरत छन् ।

मङ्गलबार एक समारोहबीच आचार्यले पर्वत क्षेत्र नम्बर– १ का सांसद अर्जुनप्रसाद जोशी, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललगायतको उपस्थितिमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्नुभयो ।

आचार्यले शैक्षिक गुणस्तर वृद्धि होस् र ग्रामीण क्षेत्रका बालबालिकाले प्रविधियुक्त शिक्षा पाउन् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको बताउनुभयो ।

कार्यक्रममा सहयोगदाता आचार्य र उहाँकी आमालाई सम्मान गरिएको थियो । रासस

मंसिर १ गते, २०७३ - ११ः५७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg