काठमाडौंको गोकर्णमा बस दुर्घटना, एक जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौंको गोकर्णमा बस दुर्घटना, एक जनाको मृत्यु


५ असार २०७६, बिहिबार


बस दुर्घटना

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बिहिबार दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुन्दरीजलबाट रत्नपार्कका लागि छुटेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णेश्वर–४ तालचोकमा पल्टिएको हो ।

बस सडकको छेउबाट १० मिटर तल पल्टिएको छ । बस पल्टिँदा चेपिएर सहचालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छैन । अरु १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस