महोत्तरीमा निर्वाचन अधिकृतको कार्यालयमा राखिएको बोर्ड झिकियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महोत्तरीमा निर्वाचन अधिकृतको कार्यालयमा राखिएको बोर्ड झिकियो


१ आश्विन २०७७, बिहिबार


काठमाडौँ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चका पदाधिकारीले महोत्तरीमा निर्वाचन अधिकृतको कार्यालयमा राखिएको बोर्ड झिकेका छन् ।

१० प्रतिशत थ्रेस होल्डलाई ३ प्रतिशतमा झार्नुपर्ने र कोरोना सङ्क्रमणका कारण प्रचार प्रसार गर्न अफ्ठेरो भएकोले चुनावको मिति सार्नुपर्ने बताउँदै आएको मञ्चका पदाधिकारीले जिल्ला सरकारी वकिल कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको बोर्ड झिकेका हुन् ।

मञ्चले आठ जिल्लामा अध्यक्ष र २ जिल्लामा उपाध्यक्ष र चार जिल्लामा सचिव गरी तराइका १४ जिल्लामा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्दै आएको छ ।

मञ्चले स्थानीय तहका लागि माग गरिएका दशौ हजार कर्मचारी र स्वास्थ्यका कर्मचारीलाई पनि मतदाता बनाउनु पर्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस