४० हजार घुस लिएको आरोपमा सप्तरीका नासु मण्डलविरुद्ध मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

४० हजार घुस लिएको आरोपमा सप्तरीका नासु मण्डलविरुद्ध मुद्दा दायर


१२ बैशाख २०७६, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा वासुदेव मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगले मण्डललाई रु ४० हजार घुससहित पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी मण्डललाई बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस