त्रिजुद्ध माध्यमिक विद्यालयमा दिवा खाजाको नगर प्रमुखद्धारा उदघाटन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिजुद्ध माध्यमिक विद्यालयमा दिवा खाजाको नगर प्रमुखद्धारा उदघाटन


१२ बैशाख २०७६, बिहिबार


वीरगन्ज । वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले विद्यालयहरुमा कुनैपनि भ्रष्टाचार वा अनियमितता आफुलाई सहय नहुने बताएका छन् ।

विद्यालयहरुमा बालबालिको भर्ना अभियानमा जोड दिदै विद्यालय आएको छात्रछात्राहरुलाई विद्यालयमा टिकाइ राख्न आवश्यक सुबिधाहरुलाई व्यवस्थापन गर्न शिक्षहरुलाई निर्देशन समेत दिए ।

प्राथमिक तहका वालवालिकाहरुको दिवा खाजा कार्यक्रमलाई उदघाटन गर्दै नगर प्रमुख सरावगीले वालवालिकाहरुलाइृ प्रदान गरिने शिक्षाको गुणस्तरलाई बलियो बनाउदै वालवालिहरुलाई उत्कृष्ट शिक्षा र संस्कार प्रदान गर्न आग्रह समेत गरे ।

उनले विद्यालयमा कुनै पनि प्रकारको अनियमितता वा आर्थिक बहाना बर्दास्थ नगरिने बताउदै विगतमा भएको आर्थिक अनियमितता र भ्रष्टाचारको पनि छानविन गरिने बताए।

बिहिबार देखि सुरुभएको दिवा खाजा उदघाटन कार्यक्रममा महानगरपालिकका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण,नगर प्रमुखका राजनैतिक सल्लाहकार मुकेश दिवेदी,त्रिजुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मि लगायतका शिक्षक तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस