बर्दिवासमा महिला स्वास्थ्य शिविर संचालन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बर्दिवासमा महिला स्वास्थ्य शिविर संचालन


१२ बैशाख २०७६, बिहिबार


महोत्तरी । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं र बर्दिवास नगरपालिका महोत्तरीको संयुक्त आयोजनामा बिहीबार महोत्तरीको खयरमारा बर्दिवासमा २ दिवसिय महिला स्वास्थ्य शिविर संचालन गरिएको छ ।

महिला सशक्तिकरण कार्यक्रम २०७६ अन्तर्गत संचालन गरिएको शिविरमा उक्त अस्पतालका चिकित्सक लगायतका स्वास्थ्यकर्मीको टोलीले गाइनो तथा हड्डी खिइएका सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुका साथै निस्शुल्क औषधी वितरण गरिएको थियो । शिविरबाट १ सय ९३ जना महिला सेवाग्राहीहरुले स्वास्थ्य सेवा लिएका छन् ।

उक्त शिविर शुक्रबार समेत संचालन हुनेछ । साथै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बर्दिबास खयरमारास्थित सरस्वती निम्न माध्यामिक विद्यालयमा आजै विद्यालय सम्पर्क कार्यक्रम समेत संचालन गरिएको छ । उक्त कार्यक्रममा प्रहरी निरीक्षक शर्मिला गुरुङले समुदाय-प्रहरी साझेदारी सम्बन्धी प्रशिक्षण दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस