विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सरकार प्रयासरत : गृहमन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सरकार प्रयासरत : गृहमन्त्री


१२ बैशाख २०७६, बिहिबार


विराटनगर । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गरेका छन् । उनले सरकार विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा लागिरहेकोसमेत बताएका छन् ।

प्रदेश नं. १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विप्लव समूहको गतिविधि निस्तेज भएको बताउँदै सरकारले यसलाई पूर्ण निस्तेज पार्न नीतिहरु अख्तियार गरेको बताए ।

उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको पनि बताए । ‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेकाले विप्लवले पनि अब वार्तामा आउनुपर्ने स्पष्ट पारे ।

उनले जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपूर्ण आन्दोलन गर्ने छुट रहेको बताएका छन् । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई नभएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस