श्रीलंकाका राष्ट्रपतिले मागे प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीलंकाका राष्ट्रपतिले मागे प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामा


१२ बैशाख २०७६, बिहिबार


काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामा मागेका छन् । गत आइतबार भएका श्रृंखलावद्ध बम आक्रमण रोक्न पहल नगरेको भन्दै राष्ट्रपति सिरिसेनाले उनीहरुको राजीनामा मागेका हुन् ।

बम आक्रमण हुँदैछ भन्ने पूर्वसूचना पाए पनि सरकारलाई जानकारी नदिइएको उनको आरोप छ ।

बम आक्रमणपछि अनुसन्धानकर्ताहरुले १० दिन अगाडि नै गुप्तचरहरुले बम आक्रमणको योजना बनेको पूर्व सूचना दिएको थाहा भएको थियो । गत आइतबार श्रीलंकाका चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोट हुँदा ३ सयभन्दा बढीको मृत्यु भएको थियो ।

राष्ट्रपति सिरिसेनाले कठोर कदम चाल्दै रक्षा सचिव हेमासिरि फर्नान्डो र प्रहरी प्रमुख पुजिथ जयसुन्दरालाई राजीनामा दिन भनेका छन् । तर, उनीहरुले राजीनामा दिए–नदिएको भने खुलेको छैन ।

गत मंगलबार राष्ट्रिय शोक मनाउने क्रममा सम्बोधन गर्दै राष्ट्रपति सिरिसेनाले यस्तो जघन्य अपराधमा जो जिम्मेदार भए पनि उसलाई सजायँ दिने घोषणा गरेका थिए ।

यो आक्रमणपछि देशको सुरक्षा व्यवस्था र गुप्तचर निकाय विफल भएको टिप्पणी गर्दै उनले सुरक्षा निकायका प्रमुख परिवर्तन गर्ने बताएका थिए । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस