काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ का २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ८९४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बोगटीलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।