लोक सेवा तयारी-समसामयिक सामान्य ज्ञान « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

लोक सेवा तयारी-समसामयिक सामान्य ज्ञान


११ बैशाख २०७६, बुधबार


लोक सेवा तयारी

१. नेपालको राष्ट्रिय झन्डा अङ्कित स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा कहिले प्रक्षेपण गरियो ?
– वि.स. २०७६ वैशाख ५

२. सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा अभियानको शुभारम्भ कहिले गरेको हो ?
– वि.स. २०७६ वैशाख १

३. राष्ट्र बैङ्कद्वारा २०७६ वैशाख ३ मा सार्वजनिक आर्थिक तथा वित्तीय अवस्था सम्बन्भी विवरणअनुसार आव २०७५/७६को पहिलो आठ महिना अवधिमा व्यापार घाटा कति प्रतिशत वृद्धि भएको छ ?
– २४.५ प्रतिशत

४. शैक्षिक सत्र २०७६ का लागि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के रहेको छ ?
– हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुयाउँ

५. उभिएर सितार बजाई गिनिजबुकमा नाम लेखाउन सफल विश्वकै पहिलो महिला को हुन् ?
– सीतामैयाँ राजचल (सितारवादक एवं सांस्कृतिक संस्थाकी कलाकार)

६. प्रसिद्ध सहलेस फूलबारी कहाँ रहेको छ ?
– सिरहा

७. प्राचीनकालको ‘राम चरित्र मानस’ र आधुनिककालको ‘कृष्णायान’ कुन भाषाका प्रशिद्ध महाकाव्य हुन् ?
– अवधि

८. काठमाडौं उपत्यकामा सबैभन्दा बढी कुन शैलीका मन्दीर छन् ?
– प्यागोडा

९. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा, झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
– काष्ठकला

१०. वि.स. २०७५ चैत २४ मा काठमाडौं महानगरद्वारा पारित सवारी तथा यातायात व्यवस्थापन ऐन अनुसार महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा टिकट सम्बन्धी के व्यवस्था गरिएको छ ?
– कागजी वा विद्युतीय यात्रु टिकट अनिवार्य गर्नुपर्ने ।

११. वि.स. २०७६ वैशाख २ मा वल्र्ड बुक अफ रेकर्ड्स लन्डनले जारी गरेको प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक संस्था कुन हो ?
– समता स्कुल काठमाडौं

१२. सन् २०१९ अप्रिलमा प्रसिद्ध पुलिट्जर पुरस्कारबाट सम्मानित संस्था कुन हो ?
– क्यापिटल ग्याजेट (अमेरिकी स्थानीय अखबार)

१३. हालै समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले मार्ने कडा व्यवस्था समेटिएको नयाँ इस्लामिक(रसिया) कानुन लागू गर्ने राष्ट्र कुन हो ?
– ब्रुनाई (सन् २०१९ अप्रिल ३)

१४. नेपाल संवतका प्रणेता एवं संस्थापक को हुन् ? ताका
– शङ्खधर साख्वा ।

१५. तामाङ जातिको संस्कृति, परम्परा आदिको संरक्षण गर्ने उदेश्यले तामाङ सङ्ग्रहालयको स्थापना कहाँ गरिएको छ ?
– रसुवा

१६. अब्राहम लिङ्कन आफ्नो कठिन तथा लामो सङ्घर्षपछि कहिले अमेरकाको १६ औं राष्ट्रपति बन्न सफल भए ?
– सन् १८६१

१७. सुशासनको पृष्ठभूममिमा आएको आर्थिक सुधारसम्बन्धी संरचनात्मक समायोजन कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ?
– विश्व बैंक

१८. एस आई प्रणलीअनुसार धारा विद्युत्लाई कुन एकाइमा मापन गरिन्छ ?
– एम्पियर

१९. विद्युत विच्छेदन क्रियाद्वारा कुनै एउटा धातुको बाहिरी सतहमा अर्को धातुको जलप लगाउने प्रक्रियालाई के भनिन्छ ?
– विद्युत् लेपन

२०. ब्लुटुथ भन्नाले के बुझिन्छ ?
– छोटो दुरीको वायरलेस फाइल आदान प्रदान गर्ने प्रविधि

२१. विश्व खेलकुद महोत्सव ओलम्पिकको आयोजनागर्ने पहिलो एसियाली सहर कुन् हो ? 
–जापानको टोकियो

२२. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
– रवीन्द्रनाथ टैगोर (भारत)

२३. विश्वकै सानो मुद्रा कुन हो ?
– जावा

२४. नेपाल प्रहरी र उसका आश्रित परिवारलाई मात्र उपचार सेवा दिँदै आएको नेपाल प्रहरी अस्पतालले कहिलेदेखि सर्वसाधारणलाई पनि सेवा दिन सुरु गरेको हो ?
– वि.स. २०७४ कार्तिक २६

२५. नेपाल राष्ट्र बैंकद्वारा वि.स. २०७६ बैशाख ३ मा सार्वजनिक आव २०७५/७६को पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय अवस्थाअनुसार नेपालमा रेमिटन्सबापत कति रकम भित्रिएको छ ?
– ५ खर्ब ८२ अर्ब

गोरखापत्रको सहयोगमा


लोक सेवा सम्बन्धी थप सामग्री हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् 

http://www.prasashan.com/category/loksewa/

 

Tags :
प्रतिक्रिया दिनुहोस