राष्ट्रपति भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन जाँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन जाँदै


११ बैशाख २०७६, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गर्दै छिन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्न लागेकी हुन् ।

राष्ट्रपति भण्डारी बुधवार बिहान नेपाल एयरलाइन्सको चार्टर उडानबाट चीन जानेछिन् ।

उनी एक दिन राष्ट्रपति सी चिनफिङको सहर सान्सी प्रान्तमा बसेर भोलिपल्ट बेइजिङ पुग्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन् ।

राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । चिनियाँ परराष्ट्र मन्त्री वाङयीका अनुसार सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस