मिति र पात्रो  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मिति र पात्रो 


ललित कुमार बस्नेत

११ बैशाख २०७६, बुधबार


मिति र पात्रो 

यस सम्बन्धी समस्याको समाधान गर्न निम्न विषयमा जानकारी हुनुपर्दछ ।

विजोर दिन (Odd Day) : कुनै समयावधि (दिन) लाई ७ ले भाग गर्दा रहने शेषलाई विजोर दिन भनिन्छ । जस्तैः १० दिनमा विजोर दिन ३ हुन्छ, १४ दिनमा विजोर दिन ०  हुन्छ, ३६५ दिनमा विजोर दिन १ हुन्छ ।

साधारण वर्ष र अधिक वर्ष (Ordinary Year and Leap Year) : एक वर्षमा ३६५ दिन भएको वर्षलाई साधारण र ३६६ दिन भएको वर्षलाई अधिक वर्ष भनिन्छ । ४ ले निःभाग जाने वर्षलाई अधिक वर्ष मानिन्छ । २०१२ , २००८, १९९६, १९४८, आदि सबै अधिक वर्ष हुन् । हरेक ४  वर्षमा अधिक वर्ष देखा पर्छ ।

हरेक शताब्दी वर्ष अधिक वर्ष होइन जस्तैः सन् १००, २००, ९०० आदि अधिक वर्ष होइनन् तर हरेक चौथो शताब्दी अधिक वर्ष हुन् । उदाहरणको लागि  ४००, ८००, १२००, १६००, २०००  आदि सबै अधिक वर्ष हुन् ।

विजोर दिनको गणना

  •  प्रत्येक सामान्य वर्षमा ३६५ दिन हुने भएकोले १ विजोर दिन हुन्छ ।
  •  प्रत्येक अधिक वर्षमा ३६६ दिन हुने भएकोले २  विजोर दिन हुन्छ ।
  •  प्रत्येक शताब्दीमा ७६  वटा सामान्य वर्ष र २४  वटा अधिक वर्ष हुन्छन् । यसर्थ विजोर दिन ७६×१ + २४ ×२ = १२४ जसलाई फेरि ७ ले भाग गर्दा आउने विजोर दिन = ५
  •  दुई शताब्दी वा २०० वर्षमा हुने विजोर दिन= १० अर्थात् ३ दिन
  •  तीन शताब्दी वा ३०० वर्षमा हुने विजोर दिन= १५ अर्थात् १ दिन
  •  चार शताब्दी वा ४०० वर्षमा हुने विजोर दिन = २०+१ अर्थात् ० ।
    यसैगरी ८००,१२००,१६००, २०००, २४०० वर्ष आदिमा विजोर दिन शून्य हुन्छ ।

हप्ताको बार र विजोर दिन बीचको सम्बन्धः

विजोर दिनको संख्या0123456
हप्ताको बारआइतबारसोमबार  मंगलबार बुधबारविहिबारशुक्रबार शनिबार

विजोर दिन र शताब्दीको सम्बन्ध

विजोर दिनको संख्या0531
शताब्दी400

800

1200

1600

2000

100

500

900

1300

1700

200

600

1000

1400

1800

300

700

1100

1500

1900

हरेक अंग्रेजी महिना निश्चित दिनका हुन्छन् । यसलाई पनि स्मरण गर्नुपर्दछ । विभिन्न अंग्रजी महिनामा हुने दिनहरु : 

महिना जम्मा दिन
जनवरी

फेब्रुअरी

मार्च

अप्रिल

मे

जुन

जुलाई

अगष्ट

सेप्टेम्बर

अक्टुबर

नोभेम्बर

डिसेम्बर

31

28 (तर अधिक वर्षमा29)

31

30

31

30

31

31

30

31

30

31

 वास्तविक वार निकाल्दा ध्यान दिनुपर्ने कुराः नजिकको त्यो शताब्दी जो अधिक वर्ष हो (४००, ८००, १२००, १६००, २०००, २४००, २८००) लाई आधारको रुपमा लिने । त्यसलाई पूर्ण शताब्दी र पूर्ण वर्ष छुट्याउनुपर्छ । अनि सोधिएको वा चालु वर्ष को सोधिएको दिनसम्म विजोर दिनको गणना गर्नुपर्दछ ।
उदाहरण :
सन् २०१८ जुन ११ मा  कुन बार हो ?

समाधान
२००० मा  हुने विजोर दिन +१७ वर्षमा हुने विजोर दिन+जुन ११ सम्म  हुने विजोर दिन

=०+(१७+४)+(३+०+३ +२+३+४)

(यहाँ १७ वर्षको अवधिमा ४ वटा अधिक वर्ष हुने भएकोले ४ थप गरिएको हो । यसैगरी जनवरी देखि मे सम्मका महिना र जुन ११ मा हुने विजोर मे सम्मका महिना र जुन ११ सम्म हुने विजोर दिन लेखिएकोे हो ।)
=२१+१५
= ३६  यसलाई ७ ले भाग गर्दा आउने शेष १ अर्थात, सोमबार

२.  १ मे २००८  विहिबार हो भने १  मे २००९  मा कुन बार पर्दछ ?
समाधान : यस प्रश्नलाई पनि माथि १ नम्बरमा जस्तै गर्न सकिन्छ । जस्तैः
२००९ मे १ =२०००+(८+२) +३+०+३+२+१
= २००० +१०+९
= १९  जसलाई ७ ले भाग गर्दा ५ शेष आउँछ तसर्थ शुक्रबार हुन्छ ।
यसलाई यो तरिकाभन्दा यसरी गर्नु उपयुक्त हुन्छ । १ मे २००८ देखि १ मे २००९ मा हुने दिन ३६५ = १  विजोर दिन
अब, पहिलेको बारमा १ थप गर्ने अर्थात, पहिले विहिबार भएकोले अब शुक्रबार हुन्छ ।
बार पत्ता लगाउने सम्वन्धी अन्य प्रकारका केही समस्या र समाधानको तरिका

उदाहरण

१) भोलीको पर्सि सोमबार हो भने हिजोको अस्ति के बार पर्छ ?
Importance Tricks
१) सबै भन्दा पहिला दिएको प्रश्नमा आज पत्ता लगाउनु पर्छ ।
2) भोली, पर्सि दिएमा अयि clockwise 1, 2 step अगाडि बढ्र्ने र हिजो अस्ति दिएमा Anti clockwise 1,2 बढ्ने अनि सकिन्छ ।
यहाँ, भोलिको पर्सी सोमवार हुँदा आज शुक्रवार हुने भएकोले आजको हिजो विहिवार र त्यसको अस्ती दुइ दिन अघि हुने भएकोले मंगलवार हुन्छ ।

दिन पत्ता लगाउने तरिका
२. महिनाको पहिलो दिन आइतवार भए त्यसको घज्ञ औँ दिन के वार पर्छ ?
यहाँ, ३१ नतिजा ७ ले गणान जाने संख्या २८ हो त्यसैले
२८+१ + २९ गते आइतवार
२९  गते आइतवार हो भन्ने थाहा भएपछि ३०  गते सोमवार हुन्छ र ३१ गते मंगलवार हुन्छ ।

नमुना प्रश्न : मिति र पात्रो

१. आज सोमबार हो भने ६५  दिनपछि कुन बार हुन्छ ?
a) सोमबार     b)  आइतबार    c)   मंगलबार  d)  बुधबार

२. आज विहिबार हो, 100 दिनपछि कुन वार हुन्छ ?
a)  सोमबार    b)  शुक्रबार    c)    विहिबार d)   शनिबार

३. शताब्दीको अन्तिम दिन कुन बार हुन सक्दैन ?
a)   शनिवार      b)    बुधबार   c)   शुक्रबार d)  सोमबार

४. तलकामध्ये कुन चाहिँ अधिक वर्ष (Leap year)  होइन ?
a)  700     b) 800    c) 1200     d) 2000

५. सन् 2008 मार्च  10 सोमवार हो । सन् 2009 मार्च 10  मा कुन बार हो ?
a)  आइतबार   b)  सोमबार   c)  मंगलबार    d)  शुक्रबार

६. सन् 2008 जनवरी 7 सोमवार हो भने सन् 2009  जनवरी 7 मा कुन बार हो ?
a)   मंगलबार b)   बुधबार     c)  विहिबार d)  सोमबार
Hints :  अधिक वर्ष परेको अवस्थामा फेबु्रअरी महिना परेको छ वा छैन सो हेरी विजोर दिनको गणना गर्नुपर्दछ ।

७. डिसेम्बर 8, 2007 शनिबार हो भने डिसेम्बर 8, 2008  कुन बार होला ?
a)   आइतबार    b)  सोमबार   c)   मंगलबार    d)   शुक्रबार

८. डिसेम्बर 8, 2007  शनिबार हो भने डिसेम्बर 8, 2006  कुन बार होला ?
a) आइतबार    b)  सोमबार    c)   विहिबार   d)  शुक्रबार

९. ३ जनवरी 2001  कुन बार थियो ?
a)  आइतबार   b)  सोमबार c)   मंगलबार d) बुधबार

१०. 4 जनवरी 1901  कुन बार थियो ?
a) आइतबार b) शुक्रबार c)  मंगलबार d) बुधबार

११. सन् 2008 जनवरी 7 सोमबार हो । सन् 2009 जनवरी 7 र सन् 2007 जनवरी 7 कुन- कुन बार पर्दछ ?
a)  बुधबार, शनिबार b)  मंगलबार, शनिबार c)  मंगलबार, आइतबार d)  बुधबार, आइतबार

१२. प्रदीपले भन्यो उसको दाजु रमेशको जन्म दिन 20 असोजपछि तर 28 असोजभन्दा अगाडि हो तर मुनाले भनिन् रमेशको जम्मा दिन 22 असोजभन्दा अघि तर 12 असोजभन्दा पछि हो । रमेशको जन्म दिन कहिले हो ?
a) 20  असोज    b) 21  असोज     c)  22 असोज    d)  तथ्यांक अपर्याप्त

१३. प्रदीप आज सधैंको भन्दा 30 मिनेट अगाडि घरबाट विद्यालय हिड्यो । उसलाई घरबाट विद्यालय पुग्न 15 मिनेट लाग्दछ । ऊ आज विद्यालय विहानको 10 बजे पुग्यो भने ऊ सधैं कति बजे विद्यालय हिड्थ्यो ?
a) 9:45    b)  9:30    c)  10: 00   d) 10:15

१४. एउटा चर्चमा भएका फादरले 10 मिनेट अघि घण्टी बजेको जानकारी दिए । घण्टी प्रत्येक 45 मिनेटमा 1 पटक बज्दछ । अब दोस्रो घण्टी विहानको 8:45 मा बज्दछ भने फादरले सो जानकारी कति वजे दिएका थिए ?
a) 7:05   b) 8:10  c) 8:00  d) 8:40

१५. हिजोको दुई दिन अघि आइतबार भए विहिवार कहिले पर्छ ?
a)  आज     b)   भोलि    c)   हिजो d)  पर्सि

१६. भोलिको एकदिनपछि शनिबार हो । हिजोको तीन दिनअघि कुन बार थियो ?
a) आइतबार b)  सोमबार c)  मंगलबार d)  बुधबार

१७. पर्सीको दुई दिनपछि सोमबार हो भने हिजों के बार थियो ?
a)  बुधबार      b)    विहिबार  c) शुक्रबार     d)  शनिबार

१८. कुनै महिनाको सातौ दिन आइतबार पर्दछ र सो महिनाको 28 औं दिनको भोलिपल्ट कुन बार पर्दछ ।
a)   आइतबार b)  सोमबार  c) मंगलबार  d)   शनिबार

१९. कुनै महिनाको पाँचौ दिन मंगलबार पर्दछ र सो महिनाको २७ औं दिनको अघिल्लो दिन कुन बार पर्दछ ?
a)   आइतबार  b)   सोमबार  c)  मंगलबार d)  सोमबार

२०. घनश्यामको दिदिले आफ्नो भाइ भाद्र ५ गतेपछि र १६ गते आफ्नो जन्मेको हो भनि सम्झिइन तर घनश्यामको दाइले घनश्याम भाद्रको १४ गते पछि २५ गतेभित्र जन्मेको हो भनेर सम्झिएको रहेछ भने घनश्यामको जन्मदिन कहिले रहेछ ?
a)   भाद्र १३ गते  b)  भाद्र १४ गते  c)  भाद्र १५ गते  d)  भाद्र १६ गते

२१. 2385 October 17  के बार पर्दछ ?
a)  विहिवार     b)    सोमबार  c)   मंगलबार  d)  आइतबार

२२. पुष्कर चौकीदार हो । उसले लगातार 8 दिन काम गर्दछ र नवौं दिन विश्राम लिन्छ । उसले आइतवार कार्य शुरु गरेकी भए ९ औं पटकको विश्राम कुन बार पर्दछ ?
a)  विहीबार   b)    बुधबार c)  मंगलबार  d)  शुक्रबार

Hints  : उसले १ औं, १८ औं, २७ औं ………. (अर्थात् ९ की गुणनसंख्यामा विश्राम लिने रहेछ । तसर्थ १२ औं पटकको विश्राम लिने समय = 108 –1=107 । अर्थात् विजोर दिन संख्या = 2 तसर्थ सोमबारका २ दिनपछि अर्थात् बुधबार विश्राम लिन्छ ।

२३. राजेशले आफ्नो साथी सन्तोषले जागिर पाएकै दिन अप्रिलपछि अगष्ट अघि पार्टी खाएको कुरा सम्झन्छ । विनोदले आफ्नो साथी सन्तोष मे अघि बेरोजगार भएको कुरा राम्रोसँग याद गरेको छ । अरुणलाई सन्तोषले जागिर शुरु गरेको महिना अंग्रेजी क्यालेण्डर अनुसार 31 दिनको थियो भन्ने प्रष्ट थाहा छ । वर्षको कुन महिनामा सन्तोषले जागिर शुरु गरेको थियो ?
a)  जुलाई    b)   अगष्ट    c)   जुलाई   d)   जुन

२४. असोज महिनाको ३० गतेका दिन शनिबार पर्दछ भने सो महिनामा कतिवटा मंगलबार पर्दछन् ?
a)  3    b)  4   c) 5   d) 6

२५. साउन महिनाको 28 गतेका दिन शनिबार पर्दछ भने सो महिनामा कतिवटा आइतवार पर्लान् ?
a)  3    b)    4      c)   5  d) 6

नोट : उपरोक्त पाठ लगायत IQ  सम्बन्धी अझ विस्तृतमा अध्ययन गर्न इच्छा भएमा लेखकको पुस्तक IQ Capsule हेर्नुहोला ।

Answer Sheet :  Date and calendar

Question NumberAnswer Question NumberAnswer
1d14b
2d15b
3a16a
4a17a
5c18b
6b19d
7b20c
8b21a
9d22a
10b23c
11d24b
12b25c

Tags :
प्रतिक्रिया दिनुहोस