पाथिभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाथिभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता


१० बैशाख २०७६, मंगलबार


काठमाडौं । तेस्रो संस्करणको पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ । उक्त प्रतियोगिता यही वैशाख २२ देखि २६ गतेसम्म हुने छ ।

नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथिभरा क्लबको सह आयोजनामा हुन लागको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी दिए । सो प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र विश्व विद्यालयको टोली सहभागी हुनेछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख ५१ हजार ५००, उप–विजेताले रु एक लाख ७६ हजार २५१ र सेमिफाइनलमा पराजित हुने दुवै टोलीले जनही रु ५० हजार पुरस्कार पाउनेछन् । लिग कम नकआउटका आधारमा हुने उक्त प्रतियोगिताको खेल ताप्लेजुङको मौवाखोला गाउँपालिका– ३ साघुस्थित नारायणी माविको खेल मैदानमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस