पत्रकारिता दिवस २०७६ को नारा तय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पत्रकारिता दिवस २०७६ को नारा तय


१० बैशाख २०७६, मंगलबार


काठमाडौं । सरकारले पत्रकारिता दिवसको नारा तय गरेको छ । वैशाख २४ गते मनाइने पत्रकारिता दिवसको नारा ‘उत्तरदायी आमसञ्चार : लोकतन्त्रको आधार’ तय गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको अध्यक्षतामा सोमबार बसेको मूल समारोह समितिको बैठकले पत्रकारिता दिवस २०७६ को नारा तय गरेको हो ।

पत्रकारिता दिवसको अवसरमा राट्रिय पत्रकारिता पुरस्कार, २०७५ र वरिष्ठ पत्रकार सम्मान, २०७५ प्रदान गरिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आम सञ्चार, पत्रकारिता र पत्रकार सम्वद्ध संस्थाहरु, आमसञ्चार सम्वन्धी प्रतिष्ठान र सञ्चार गृहले सो दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरुको जानकारी मूल समारोह समितिलाई समयमानै उपलब्ध गराउन आग्रह गर्दै वैशाख २३ गते नेपाली पत्रकारिता क्षेत्रका समस्या र समाधानका उपायहरु विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाउने समेत निर्णय गरिएको वक्तव्यमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस