उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी अधिकारीलाई सम्मान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी अधिकारीलाई सम्मान


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७६, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी अधिकारीलाई सम्मान गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ती अधिकारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका छन् ।

पुरस्कृत हुनेमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिटी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की र मदनकुमार थापा, प्रहरी निरीक्षकहरू मातृकाप्रसाद गुरागाई, सुमनकुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल छन् ।

गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयमध्ये बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि मन्त्रिस्तरीय निर्णय अनुसार प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो ।

गत वैशाख ५ गते गृह मन्त्रालयले प्रहरी महानिरीक्षक खनाललाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस