सामान्य सचिवद्वारा पद बहाली, अधिकारी र थपलियाको बिदाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामान्य सचिवद्वारा पद बहाली, अधिकारी र थपलियाको बिदाइ


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७६, सोमबार


पद बहाली

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव यादव प्रसाद कोइरालाले पद बहाली गरेका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा पूजापाठसहित कोइरालाले आज(सोमबार) पद बहाली गरेका हुन् ।

तत्कालीन सचिव दिनेश कुमार थपलियाले राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई सरुवा गरिएको थियो ।

उनले आजै सहसचिवहरूसँग छलफल गर्दै समायोजन लगायत विषयमा सामान्य छलफल गरेका छन् ।

त्यसैगरी तत्कालीन सचिव तथा प्रमुख निर्वाचन आयुक्तमा नियुक्त दिनेश कुमार थपलियालाई मन्त्रालयले औपचारिकरुपमा बिदाइ गरेको छ ।

वैशाख ६ गते शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा २ बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेसँगै थपलियाले पदभार सम्हाली सकेका छन् । थपलियाले हिजै मात्र सपथ लिएका थिए ।

त्यस्तै मन्त्रालयका वरिष्ठ सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीको पनि बिदाइ गरिएको छ । उनलाई सरकारले कामु सचिव बनाई प्रदेश नं १ को प्रमुख सचिवको जिम्मेवारी दिएसँगै औपचारिक रूपमा बिदाइ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस