भवन अभावले कर्मचारी व्यवस्थापन गर्न कठिन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भवन अभावले कर्मचारी व्यवस्थापन गर्न कठिन


९ बैशाख २०७६, सोमबार


ललितपुर । ललितपुर महानगरपालिकामा भवन अभावका कारण कर्मचारी व्यवस्थापनमा कठिनाइ आएको छ ।

कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताएका छन् ।

महर्जनले विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर आएका र महानगरपालिकामा पहिले नै झण्डै ३०० कर्मचारी कार्यरत रहेको बताए । एकातिर पहिलेबाट नै भवन अभाव रहेकामा महानगरमा नयाँ कर्मचारी आएपछि भवन अभाव अझै बढेको उनले बताए ।

उनले भने, “हामीले सम्बन्धित निकायसँग भवनका लागि माग गरिरहेका छौँ ।” महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवनबाहेक छ्याबहालस्थित समाज कल्याण भवन र पुल्चोकस्थित विपत् व्यवस्थापन भवन गरेर तीन वटा भवन रहेका छन् । ती तीन भवन मात्रै पर्याप्त नभएकाले थप भवनका लागि माग भइरहेको छ । उनले भने, “अरु भवन पनि मातहतमा आएपछि नै कार्यसम्पादन सजिलो हुनेछ ।” महानगरपालिकाका दश वटा वडामा कार्यालय भवन छैनन् । तीमध्ये पाँचमा गत वर्षदेखि निर्माण शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस