देश बनाउ नारामात्र गर्नेलाई फाल्नुपर्छ अब
भष्टचार देशद्रोहिलाई जेलमा हाल्नुपर्छ अब
अन्धभक्तलाई निस्वार्थमा रहेका जनहरुले
एकजुट हुँदै तिनका कूमति गाल्नुपर्छ अब
आफ्नै मेहनत नङग्रा खियाउदै खानु पर्छ
कसैले बाल्दैन आगो आफै बाल्नु पर्छ अब
जनताकै नाममा बजेट सोझालाई ठगीगरी
जन्मे धेरै सामान्ती सबैलाई ढाल्नु पर्छ अब
सरकार देखि सारा नेपालीको दायित्व भयो
सडकमा आउनी मानवहरु पाल्नु पर्छ अब