सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त


प्रशासन संवाददाता

७ बैशाख २०७६, शनिबार


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतका पाँच न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषदको सिफारिस अनुसार सर्वोच्चका पाँच न्यायाधीशको नियुक्त गरेकी हुन् ।

न्यायाधिशमा प्रकाशकुमार ढुङ्गाना , सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसााद फुँयाल र डा. मनोजकुमार शर्मा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा मुख्य न्यायाधीश तथा कानून व्यवसायीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको हो।

यस्तै राष्ट्रपति भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २४५ उपधारा (२) बमोजिम निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त गरिएको हो।

संवैधानिक परिषद्को सिफारिसमा शुक्रबार नै राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा विष्णुमाया ओझा नियुक्त भएकी छन् । उनलाई राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस