उप प्रधानमन्त्रीसमेत रहेका स्वास्थ्यमन्त्रीकै कार्यालय यस्तो ! (फोटो फिचर) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उप प्रधानमन्त्रीसमेत रहेका स्वास्थ्यमन्त्रीकै कार्यालय यस्तो ! (फोटो फिचर)


६ बैशाख २०७६, शुक्रबार


स्वास्थ्य मन्त्रालय

काठमाडौँ । यो स्वास्थ्य मन्त्रालय अर्थात् नेपालका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय उपेन्द्र यादवको कार्यालय ।

आम नागरिक तथा देशवासीको स्वास्थ्यसँग सरोकार राख्ने यो मन्त्रालय बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र भने ठिक उल्टो छ ।

आँगनमा हरियालीसहितको बगैँचा तथा मौसमसँगै फुलेका फुलहरू देखेपछि प्राङ्गणमा पुग्ने जोकोहीले पनि भन्छन् आहा कस्तो चिटिक्क परेको मन्त्रालय ।

तर जब तपाईँ मन्त्रालयको मुख्य प्रवेशद्वारसम्म पुग्नुहुन्छ तब भने तपाईँ झुक्किनु हुन्छ तर्थात बाहिर हेर्दा जुन कल्पना गर्नुभएको थियो त्यो गलत साबित हुँदै जान्छ ।

केही समय अघि मन्त्रालयबाट मात्र सय मिटर वारीपट्टिको सिंहदरवारमा महिनौ चलेको वृहत्तर सरसफाई अभियानले नछोएको स्वास्थ्यको यो हरिबिजोगलाई के भन्ने ? के यस्तै हुन्छन् त सरकारी कार्यालय ?

विहिवारमात्रै प्रशासन टिम स्वास्थ्य मन्त्रालयमा पुगेर यहाँको भौतिक अवस्थाबारे केही तस्बिरहरू खिचेको थियो ।

हेर्नुहोस् माननीय उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीज्यूको मन्त्रालय

 

Tags :
प्रतिक्रिया दिनुहोस