लय, सारिका र उत्तमले गरे बनाना क्याफेको उद्घाटन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लय, सारिका र उत्तमले गरे बनाना क्याफेको उद्घाटन


प्रशासन संवाददाता

५ बैशाख २०७६, बिहिबार


काठमाडौं । काठमाडौंको शंकरदेव रोड, बागबजारमा केराका परिकार उपल्बध हुने रेष्टुरेन्ट बनाना क्याफेको उद्घाटन गरिएको छ । कलकार लय संग्रौला, उत्तम केसी र नायिका तथा गायिका सारिका घिमिरले बिहिबार शुभम हेम वनाना क्याफेको उद्घाटन गरेका हुन् ।

केराका परिकारहरु जिरा, मःमः, चिप्स, पकौडा, चिल्लीलगायतका परिकार उपलब्ध हुने शुभम हेम वनाना क्याफेको उद्घाटन गर्दै कलाकार लय संग्रौलाले केराका मिठा परिकार पस्किने रेष्टुरेन्टलाई बधाई तथा शुभकामना दिएका थिए ।

त्यस्तै कलाकार उत्तम केसीले केराका परिकारको स्वाद मिठो रहेको बताए भने नायिका तथा गायिका सारिका घिमिरेले पहिलो पल्ट केराका परिकारको स्वद लिएको बताईन ।

लामो समय विदेशमा बसेर आएर बागबजारमा केराका परिकार पस्किने रेष्टुरेन्ट सञ्चालनमा ल्याएको क्याफेका सञ्चालक प्रमोद सेरचनले बताए । ग्राहकलाई फरक र मिठो स्वादका लागि केराका परिकार रेष्टुरेण्टले उपलब्ध गराएको क्याफेका अर्का सञ्चालक अपेक्षा रञ्जीताले बताईन । उद्घाटन कार्यक्रममा गायक, कलाकार रमेश थापाको जन्मदिन पनि मनाईएको थियो ।

कार्यक्रममा निर्देशक रामकाजी घिमिरे, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, चलचित्र पत्रत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, पत्रकार भोला अधिकारी, शम्भु ढुङ्गना, कृष पाण्डेलगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस