नेपाली भू–उपग्रह(नेपाली स्याट–१) प्रक्षेपण, नेपाल अन्तरिक्ष युगमा प्रवेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाली भू–उपग्रह(नेपाली स्याट–१) प्रक्षेपण, नेपाल अन्तरिक्ष युगमा प्रवेश


५ बैशाख २०७६, बिहिबार


काठमाडौं । नेपालले पहिलो पटक आफ्नो भूउपग्रह प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिकाबाट बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपाली क्यूबसेट स्याट–१’ नामक पहिलो भूउपग्रह प्रक्षेपण गरेको हो ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्‍जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्‍जिनियरिङमा स्‍नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड–३’ परियोजना अन्तर्गत नेपाली भूउपग्रह प्रक्षेपण गरिएको हो ।

नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिन्ह अंकित नेपाली युवाले बनाएको स्याट– १ नामक उक्त भूउपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।

नेपालसँगै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ ।

भूउपग्रहले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।

नाष्टले भूउपग्रहको सूचना लिनका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी गरिरहेको छ । उक्त स्टेशन निर्माणका लागि हाल २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको नाष्टकाले जनाएको छ ।

जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ ।

ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस